बारेकोट-नेपाल भारत मैत्री बिकास साझेदारी कार्यक्रम अन्तर्गत उपहारस्वरूप एम्बुलेन्स बारेकोट गाउँपालिका लाई प्राप्त भएको छ ।
नेपाल स्थित भारतिय राजदुताबास संगको झन्डै दुई बर्षको अथक प्रयासलाई बारेकोट गाउँपालिकाको बर्तमान सरकारको दशौ गाउँसभाले यसलाई पुर्णता दिने काम गरेको थियो।

भारतीय राजदुतावासले बिधिवत रुपमा बारेकोट गाउँपालिकालाइ एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ ।ग्रहण गर्नाका लागि बारेकोट गाउँपालिकाको बर्तमान सरकार प्रमुख वीर बहादुर गिरीको सहकार्यमा सिफारिस मा नि: बर्तमान( पुर्ब)पालिका अध्य्यक्ष महेन्द्र शाह लाई प्रतिनिधिको रुपमा पठाइ एम्बुलेन्स बुझ्ना लगाइएको बारेकोट गाउँपालिकाले जनाएको छ।

शाहले उक्त एम्बुलेन्स सरकारका प्रतिनिधि बर्तमान अध्य्यक्ष वीर बहादुर गिरि तथा बारेकोट सरकारलाई प्रदान गर्नु हुनेछ ।

