रकम भुक्तानि भेैसके पनि श्रमिकले पाएनन् ज्याला


मोहन सिंह, जाजरकोट ।
जाजरकोटको भेरी नगरपालिका ५ साल्टाकुरामा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको दुई कोठे पक्की भवन निर्माण भई नगरपालिका बाट रकम भुक्तानी भएको महिनौं बितिसक्दा पनि श्रमिकले भने ज्याला अझै पाएका छैनन् । भवन निर्माणका लागि आ.व. ७८÷७९ मा नगरपालिकाले ३० लाख रकम विनियोजन गरेको थियो ।
बिधालय ब्यबस्थापन समितिले जिम्मा लिएको यो काम निर्माण भइ बिधालयको खातामा नगरपालिका बाट रकम भुक्तनी भइ सकेको तर बिधालयले भने पैसा निकास नभएको कटौती भएको बिभिन्ना बहान बनाइ आज सम्मा आफुहरुलाइ काम गरेको ज्याला समेत नदिएको स्थानिय हरुको गुनासो रहेको छ ।


बिधालयमा यस्तै गल्ती कम्जोरी पटक पटक गरी रहेको कामदारलाइ ज्याला मात्र नभएर ०७७÷८८ को बिधार्थी लाइ दिएको खाजा भत्ता समेत बितरण नगरी हिनामिला गरिएको बिधालयले पटक पटक शैक्षिक शत्रमा फर्जी बिधार्थी नाम लिस्ट पेश गरी उपलब्ध रकम निजि शिक्षक लाइ तलब खुबाइएको बाहान बनाइ हिनामिनाह गरेको तेहिका  स्थानिय दल बहादुर चन्दको  गुनासो छ ।
बिधालयका प्रधान ध्यापक धन्सरा चन्दका अनुसार फर्जी बिधार्थीहरु को नाम आफुले नराखेको यो गल्ती बिधालय स्टाप बाट भएको अब यस्ता गल्ती बिधालयबाट नदोहरीने  प्रधानध्यापक चन्दले भनिन ।
यता, भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले यदि विद्यालयले कामदारको पैसा ठगेको पाईएमा कारवाही गरिने बताए ।
उनले भने, प्रमुख प्रशासकीय अधिकृतलाई एउटा लिखित निवेदन समेत आईसकेको छ यदि मजदुरको ज्याला ठगेको पुष्टी भएमा नगरपालिकाले जिम्मेवार व्यक्तिलाई कारवाही गर्छ । प्राविधिक स्टामेटको मुल्यांकन अनुसार सबै रकम भुक्तानी भईसकेको समेत प्रमुख घर्तीले बताए ।

प्रकाशित मितिः  १७ श्रावण २०७९, मंगलवार १८:११  |