बारेकोट गाउँपालिका भित्रका जेष्ठ नागरिकले आफ्नेै घरआगनमा पाए सुरक्षा भत्ता


जाजरकोट :जिल्लाको एक स्थानीय तह बारेकोट गाउँपालिकाले घरघरमा गई सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ।

बर्खाको समयमा स्थानीय तहका केन्द्रमा आउन घण्टौं लाग्ने र सुरक्षा वापतको भत्ता बाटामै सकिने भएकोले गाउँगाउँमा पुगी भत्ता वितरण गर्ने निर्णय गरिएको र आफ्नो चुनाबि प्रतिबद्धता यहि रहेको पालिका अध्यक्ष वीर बहादुर  गिरिले जानकारी दिए ।

उनले भने, पालिका भित्रका जेष्ठ नागरिक र अपांङ्गता भएका नागरिकहरुलाई गाउँगाउँमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौं, पालिकाको केन्द्र र बैंक शाखामा पुग्न घण्टौं लाग्ने र पालिकावासीले निकै सास्ती खेप्नुपर्ने बाध्यताको अन्त्य गर्न गाउँमा पुगेर भत्ता वितरण गर्ने निर्णय गरेको अध्यक्षको भनाई छ।

पारदर्शिता र आर्थिक सुशासनका हिसावले धेरै उपयूक्त छ तर भत्ताको रकम बैंकमा आएर लिन टाढाबाट आउने व्यक्तिलाई सकस छ प्रभावकारी छैन्, त्यसैले न्युनतम दुःख र लागतमा स्ट्रिट सरकारको सिद्धान्त अनुसार नजिकैको स्थान बाट भत्ता वितरण गरियो’ प्रमुख प्रशासकीय अधिकृत गिरीले भने।

बर्खाको समयमा बैंकको लाइन बस्नुपर्ने, बाटोमा सास्ती खेप्नुपर्ने समस्याहरुलाई मध्यनजर गर्दै गाउँगाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दा स्थानीय निकै खुशी भएका छन् ।

प्रकाशित मितिः  ५ भाद्र २०७९, आईतवार ०४:०९  |