सरकारी बिधालयमा पढाइ नहुनुका खास कारण हरु यी हुन..


मोहन सिहं :सरकारि विधालयकाे शिक्षाकाे गुणस्तर खस्किनुका कारणहरु निम्न हुन।
१: सरकारले पर्याप्त रकम लगानि नगर्नु
२: सरकारि विधालयकाे मालिक सरकार विधालयबाट धेरै टाढा हुनु।
३: सरकारले पठाएका अनुगमनकर्ताहरु विधालयमा नपुग्नु ,जसले गर्दा विधालयका गतिबिधिहरु नियमित अनुगमन नहुनु।
४: पाठ्यक्रम र परिक्षाप्रणालि ब्यावहारिक नहुनु।
५: दलित, जनजाति ,महिला ,मधेसि ,अपाङ्ग ,पिछडिएका बर्गकाे नाम हुने आरक्षणले तुलनात्मक रुपमा कजाेर शिक्षक विधालय प्रबेश गर्नु ।
६: शिक्षकहरु पठनपाठन भन्दा राजनैतिक क्रियाकलापमा बढि सक्रिय हुनु।
७: विभिन्न बाहनामा आन्तरिक परिक्षाकाे नाममा न्युनतम अङ्क मात्र ल्ययाउने कमजाेर शिक्षक नियुक्तिहुनु ।
८: शिक्षकहरु अध्यनशिल ,उर्जाशिल र जिज्ञासु नहुनु र बिना तयारि कक्षाकाेठा प्रबेश गर्नु ।
९: बिधार्थिकाे मनाेबिज्ञान बुझेर भन्दा,लाैराे लगाएरै पढाउने हाे भन्ने।मानसिकता बाट शिक्षकहरु ग्रसित हुनु।
१०: शिक्षकहरुले बिधार्थिसामु नैतिक आचरण गुमाउदा ,शिक्षकहरुले बिधार्थिबाट बिश्वास गुमाउनु।
११: शिक्षक पेसालाइ ,सरकारि काम कहिले जाला घाम भनी हेर्नुु ।
१२: समाजमा पढेलेखेका युवाहरु बिदेशियकाले राजनैतिक तथा सामाजिक सङ्घसस्थाहरुकाे जिम्मेवारिले गर्दा शिक्षकहरु यतै ब्यस्त हुन ।
१३: सरकारि बिदाहरुका अलवा शिक्षकहरुका ब्यक्तिगत बिदाहरु धेरै हुनु।
१४: समन्वयकारि र नेत्तृत्वदायि प्रधानाध्यापक हरुकाे कमि हुनु।
१५: बिधालयहरु राजनैतिक अखडाहरु हुनु।
१६: शिक्षकहरुलाइ बिषयबस्तु सम्बन्धि पुनर्ताजगी तालिम पर्याप्त नहुनु । भएका तालिमहरु पनि प्रभाबकारि नहुनु ।
१७: बिधालय समयमा हुने तालिमहरुमा अतिरिक्त भत्ताको व्यबस्था हुनु । जसले।गर्दा ,तालिम भन्दा नि भत्ता तिर ध्यान जानू।
१८: विधार्थि केन्द्रित नभइ शिक्षक केन्द्रित पठनपाठन हुनु।
१९: बिधार्थिहरु जिज्ञासु र अध्ययनशिल नहुनु।
२०: अभिभावकहरु जिम्मेवार नहुनु।
यी र यस्तै कारणहरुले गर्दा सरकारि विधालयकाे शैक्षिक गुणस्तर न्यून हुँदै गईरहेकाे छ । सरकारि विधालयहरुले सरकारकाे नीति बमाेजिम निशुल्क र समान शिक्षा दिन सकेका छैनन।

प्रकाशित मितिः  २८ भाद्र २०७९, मंगलवार ०८:०६  |