जाजरकोटी जनताका थिचिएका सपनाहरूलाई साकार पार्नु छ; क.डम्बर बहादुर सिंह


[हामी ढिला भयौँ केहि छैन तर अब ढिला नगरौँ। (तपाई लाई पढ्दा मात्रै पनि मन् प्रफुल्लित हुन्छ। ) तर यो मेरो दृढ आत्मविश्वास हो।।]नेकपा एमाले प्रदेश सभा (क) जाजरकोट का उम्मेदवार
क.डम्बर बहादुर सिंह

आदरणीय आमाबुवा,दाजुभाई,दिदीबहिनीहरु तथा मेरा राजनीतिक जिवनका पर्याय सहयात्री साथीभाई अनि मलाई माया,हौसला र उत्प्रेरणा प्रदान गर्नुहुने सम्पूर्ण जाजरकोट बासीमा न्यानो अभिवादन!! नमस्कार
हृदय देखि आभार प्रकट गर्दछु।।

[संसारमा सबैभन्दा ठुलो शक्ति बमबारूद र गोलाभन्दा बेजोड र ईश्वर वा प्रकृतिभन्दा पनि मजबुत वस्तु “विश्वास” हो]
त्यसैले यो समयले हामीलाई केही गर्ने अवसर पक्कै दिएको छ। तर हामी सत्य लाई भन्दा बढी झूटलाई विश्वास गर्छौँ।
म भन्छु झुटको खेती बन्द गरौँ। राजा महाराजा पल्टेर आफ्नै निजी दरबारबाट शासकीय हैकम होइन अब :-

– जाजरकोटी जनताका थिचिएका सपनाहरूलाई साकार पार्नु छ;

– जाजरकोट नेपालको पिछडिएको जिल्लाकै स्वरूप बाट अल्पविकसित वा सो भन्दा माथि विकसित जिल्ला बनाउनु छ।

– हाम्रो कुल जनसङ्ख्या को झन्ठै 70% मानिसले लेख्न र पढ्न पाएका छैनन् यो प्रतिशत लाई सुलभ शिक्षा मात्रै होइन गुणस्तर शिक्षामा रूपान्तरण गर्नु छ।

– झण्डै ७० प्रतिशत मानिस गरिबीको रेखामुनि बाँचिरहन बाध्य छन्। कम्तिमा निम्न मध्यम आय वा मध्यम आय सम्म उकास्नु छ।

जाजरकोट बासी ले अभाव र पीडामा धेरै आँसु बगाउनु भएको छ। अव म भन्न चाहन्छु तपाईहरूको आत्मविश्वास म जगाउने छु । परिवर्तन सम्भव छ र म आफैं बाट सुरू गरे अब तपाईहरू ले पनि परिवर्तन को राग जगाउनुहोस्। आफू र आफ्नो भावी पुस्तालाई समेत सम्मानपूर्वक बाँच्ने वातावरण दिनुहोस्।
तसर्थ;
हामीलाई थाहा छ गन्तव्य एउटै भएपनि पुग्ने बाटो फरक हुनसक्छ। त्यैसले हामी आफ्ना मूल्य,मान्यता फरक विचार, पाटी वा सिद्धान्त अंगीकार गरे पनि अन्तमा हामी सबैले आफ्नो गाउँ ठाउँ समाज र समग्र जिल्लाको विकास भएको हेर्न चाहन्छौं।
यो सम्भव छ जब हामी एकजुट भएर अवरात्र सपना पुरा गर्न लाग्ने छौँ र तपाईहरू संगसंगै हातमा हात मिलाई काँधमा काँध थापि त्यो गन्तव्य पूर्ण बनाएर देखाउने छौँ र देख्नेछौँ।
त्यसैले परिवर्तनबिना को प्रगति असम्भव छ, परिवर्तन बेजोड रफ्तारमा छ। हामी ढिला भयौँ तर अब ढिला नगरौँ।
धन्यवाद। ।
प्रदेश सभा (क) उम्मेदवार
क.डम्बर बहादुर सिंह

प्रकाशित मितिः  ९ आश्विन २०७९, आईतवार ०२:४३  |