सल्यानमा जीप दुर्घटना ८ जनाको मृत्य, १ जना घाइते


सल्यान, १२ असोज ।
सल्यानमा जीप दुर्घटना हुदाँ ८ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । राप्ती राजमार्ग अन्र्तगत सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानी र वनस्पती कार्यालयको विचको डाँडामा डवल क्याब जीप दुर्घटना भएको हो ।

बाँकेको ढकेरीबाट सल्यानको कपुरकोटगाउँपालिकाको रिम तर्फ आउँदै गरेको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । रा १ ज ५६३ नम्वरको डबल क्याब जीप विहान साँढेँ ३ वजे तीर दुर

दुर्घटनामा ८ जना मृत अवस्थामा फेला परेका छन् भने एक जना गम्भिर घाइतेकोे उद्धार गरि उपचारका लागि तुलसीपुर पठाइएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।

 

प्रकाशित मितिः  १२ आश्विन २०७९, बुधबार ०१:१४  |