पिङ खेल्ने क्रममा एकको मृत्यु


सुर्खेत – दैलेखमा पिङ खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । नारायण नगरपालिका–६ काडाचौरका १८ वर्षीय नवराज बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताउनु भएको छ । पिङ खेल्ने क्रममा लडी घाईते भएका बोगटीको उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभएको छ । ‘अपरान्ह ३ बजेतिर नारायण नगरपालिका–६ काँडाचौर बसपार्क स्थित पिंङ खेल्ने क्रममा पिङबाट खसेर घाईते भएका बोगटीलाई उपचारका लागि दैलेख अस्पताल भर्ना गरिएको थियो,’ प्रहरी निरीक्षक कार्कीका अनुसार ‘उपचारको क्रममा निधन भयो ।’ मृतकको शव पोस्ट मार्टमका लागि अस्पतालमै राखिएको र प्रहरीले थप अनुसन्धान थालेको छ । दैलेख प्रहरी प्रमुख डिएसपी भुवनेश्वरप्रसाद साहले प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पिङ खेल्ने क्रममा खसेर घाइते भएको र उपचारको क्रममा निधन भएको बताए । नारायण नगरपालिका–६ का वडाध्यक्ष जनक न्यौपानेका अनुसार पिङ खेल्न सुरु गरेलगत्तै दुईपटकसम्म पिङमा मच्चिएका थिए । स्थानीयले हृदयघात भएर पिङबाट खसेको हुनसक्ने आशंका गरेका छन् ।

प्रकाशित मितिः  ९ कार्तिक २०७९, बुधबार १३:४६  |