भारी मतअन्तरले चुनाब जित्छौं : डम्बर बहादुर सिंह


जाजरकोट – जाजरकोट प्रदेशसभा क नेकपा एमाले का उम्मेदवार एवं केन्द्रीय कमिटी सदस्य सिंहले भारी मत अन्तरले चुनाव जित्ने बताएका छन्।

नलगाड नगरपालिका ४ खालचौर मा भएको मतदाता भेटघाट कार्यक्रममा प्रदेशसभा क, का उम्मेदवार सिंहले नेकपा एमाले ले प्रगतिशील एजेण्डा बोकेका कारण चुनाव जित्ने दाबी गरे। जनताले ठूलो त्याग र बलिदानी गरि निर्माण गरेको संविधानको रक्षा नेकपा एमाले को पहिलो शर्त भएको उनले बताए।

नयाँ संविधानमार्फत् प्राप्त भएको संघीय गणतन्त्र, समावेसी प्रणाली, कानुनी राज्यको पक्षमा नेकपा एमाले उभिएको उनको भनाइ छ। संविधानको रक्षा र यसको कार्यान्वयनमार्फत् विकास निर्माणको अगुवाइ गर्ने उनले प्रतिवद्धता जनाए।

राष्ट्रियता, स्वाधीनता र सार्वभौमिकताको रक्षाको लागि स्थायित्व, सुशासन र समृद्धिको लागि नेकपा एमालेको उम्मेदवारको बिजय आवश्यक छ । अहिलेको अवस्था भनेको अरिङ्गाल र मौरीको गठबन्धन जस्तो हो । यो परिस्थिति र समय जाजरकोटका जनतालाई थाहा नै छ । यीनै कारणले गर्दा हामी भारी मताअन्तरले चुनाव जित्छौ

जनताले संविधान विरोधी तत्त्वलाई राम्रोसँग चिनिसकेको बताउँदै सिंहले नेकपा एमालेलाई जनताले जिताउँने निश्चित रहेकाले नेकपा एमाले पनि विकास र सम्बृद्धिका लागि  जवाफदेही हुनुपर्ने बताए।

प्रकाशित मितिः  २७ कार्तिक २०७९, आईतवार १६:१९  |