बिपिन हेयर सेन्टरको एनिभर्सरीमा दिपा र रविना


दरबारमार्गस्थित राइजिङ मलको पहिलो तलामा रहेको विपिन हेयर सेन्टरले शनिबार आफ्नो दोश्रो वार्षिक उत्सब सेलिव्रेट गर्यो । सेलिव्रेटीको समेत रोजाइमा पर्ने विपिन हेयर सेन्टरको दोश्रो बार्षिक उत्सबको केक ब्लकबस्टर फिल्म छक्का पञ्जा सिरिजकी निर्देशक दिपाश्री निरौला, बरिष्ठ कोरियोग्राफर बसन्त श्रेष्ठ र बैंकर रविना देशराजले संयुत्त रुपमा काटे ।

बिपिन हेयर सेन्टरको एनिभर्सरीमा बिहेको तयारीमा रहेको प्रेम जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशी पनि पुगेका थिए । यस्तै निर्देशक हेमराज विसी, निर्माता रोहित अधिकारी र सरोज न्यौपाने लगायत त्यहाँ उपस्थित थिए । बिपिन बर्माले सञ्चालनमा ल्याएके बिपिन हेयर सेन्टर विशेषतः लेडिज तथा जेन्सको हेयर स्टाइलमा प्रख्यात छ ।

प्रकाशित मितिः  ३ माघ २०७५, बिहीबार ०७:२७  |