वारेकोट गाउँपालिकामा पुग्यो गाडी ,लकडाउन खुले लगत्तै चल्ने छन नियमित अन्य यातायातका साधनहरु |


काली बहादुर बुढा |कालिमाटी – खानटाकुरा- सिर्के – ध्यापाटाकुरा – सक्ला हुदै वारेकोट गाउँपालिकाको केन्द्र लिम्सा सम्म यातायात संचालनका लागि सडक निर्माण तथा मर्मत कार्य सम्पन्न भई यस गाउँपालिकाको कार्यालय लिम्सा सम्म यातायात संचालन गर्ने अन्तिम तयारि रहेको अवस्थामा कोरोना भाईरस (कोभिड-१९ ) का कारण लकडाउन भयकोले अत्यावश्यक बाहेकका अन्य यातायातका साधन संचालन हुन सकेका छैनन |

वारेकोट मा पहिलो पटक गाडी २०७६/१२ /२४ गते पालिका केन्द्र लिम्सामा  पुगेको हो  | पुन; मिति २०७६/१२/२६ मा वारेकोट गाउँपालिकाले  कोरोना भाईरस प्रभाब नियनत्रणको सामाग्री लिई दोस्रो पटक पालिकामा गाडी प्रवेश गरेको थियो |

यकातिर माहामारीको डर भयपनी यस गाउँपालिकामा पहिलो पटक गाडी पुगेको देख्दा/सुन्दा स्थानीयहरू केहि छिन त्यो कुरा भुली खुसीमहसुस गरेका थिए | साथै स्थानीय सरकारलाई धन्यबाद पनि दिएका थिए | यसै गरि सबै वडाहरुमा पनि यातायातको संजाल चाडै जोड्न पनि स्थानीयहरूले पालिका  सरकार समक्ष्य माग गरेका छन |

लकड़ान खुलेको समय पश्चात पालिकाले तोकेको मिति देखि यस क्षेत्रभित्र यातायात सेवा संचालन गर्न चाहेका इच्छुक ब्यवशायहरुले रुट प्रमिट तथा निर्धारण गरियको भाडादरका आधारमा तोकिएको मापदण्ड अनुसार सेवा सुचारु गर्न अनुमति यस पालिकाले  दिनेछ | यसका लागि लकडाउन खुलेको मितिले १० दिन भित्र प्रहरी चौकी सक्लामा निबेदन दिनका लागि पनि यस वारेकोट गाउँपालिकाले  ईच्छुक सबै यातायात व्यवासायीहरुलाई सुचना जारी गरेको छ |

प्रकाशित मितिः  २७ चैत्र २०७६, बिहीबार १०:४५  |