छेडागाड का ४८ जना बिपन्न तथा जेहन्दार विद्यार्थीलाइ शैक्षिक सामग्री हस्तान्तरण


मोहन सिंह जाजरकोट – जिल्लाको छेडागाड नगरपालिका ९ सेराखरे कालिका माध्यमिक बिधालयका ४८ जना बिपन्न जेहन्दार विद्यार्थीलाइ शैक्षिक सामग्री हस्तान्तरण भएको छ।

शारदा शेर स्मृति सामाजिक उत्थान प्रतिष्ठानकाे समन्वय र जे.एस.डी फाउन्डेसनकाे आर्थिक सहयोगमा कालिका माध्यमिक विद्यालय छेडागाड-९, सेराखहरेका अति विपन्न र जेहन्दार २० जना विद्यार्थीहरूलाई झाेला र अन्य २८ जना बिधार्थीलाई कापीकलम वितरण गरिएको शारदा शेर स्मृति सामाजिक उत्थान प्रतिष्ठानका का अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिएका छन ।

प्रतीष्ठानका अध्यक्ष अर्जुन अधिकारीले उक्त सहयोगले बालबालिकाको शिक्षामा सहयोग पुग्ने विश्वास रहेको बताएका छन् साथै उनले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘सेवा नै धर्म हो, सबै एकवद्ध भई मित्रभावले शैक्षिक उत्थानका लागि जुटौँ’ भन्ने उद्देश्यका साथ शारदा शेर स्मृति सामाजिक उत्थान प्रतिष्ठान र जे.एस.डी फाउण्डेसनले काम गरिरहेको प्रतीष्ठानका अध्यक्ष अर्जुन अधिकारीको जनाएका छन  ।

कार्यक्रममा छेडागाड नगरपालिकाका पूर्व नगरप्रमुख लालबहादुर महतारा, तेसै वडाका वडा अध्यक्ष गाेपाल बहादुर नेपाली र जे.एस.डी फाउन्डेसनकाे प्रतिनिधि दिपा रावलको उपस्थिति रहेको अधिकारीले जानकारी दिए।

प्रकाशित मितिः  २७ मंसिर २०७९, मंगलवार ०४:५४  |