गाउँपालिकाको ढोकैमा हेल्प डेस्क |


कालीबहादुर बुढा जाजरकोट |

आधारभुत स्वास्थ्य तथा सरसफाई शाखा लिम्साले ,बारेकोट गाउँपलिकाको कार्यलयको गेट् (ढोका )मा कोरोना भाईरस (कोभिड-१९) को प्रकोप नियन्त्रण तथा रोकथाम का लागि हेल्प डेस्क संचालन गरेको छ । कार्यलयमा दैनिक रुपमा आउने कर्मचारी तथा  अत्यावश्यक कामका लागि आउने सेवाग्राही हरुको नियमित स्वास्थ्य चेक जाँच गरि यसबाट उत्पन्न हुन सक्ने थप खत्रलाई न्युनिकरनको लागि यसले थप सहयोग गर्ने स्वास्थ्य शाखाले जनाएको छ |

जनताको दैनिक कामकाजको सबैभन्दा नजिकको रुपमा रहेको स्थानीय सरकारको  यस भवनमा दैनिक फरक खालका मानिसहरुको आवतजावत हुने भयकोले यसबाट पर्न सक्ने असरलाई केहि हद सम्म  नियन्त्रणका लागि स्थानीय सरकारको ढोकैमा यस स्वास्थ्य शाखाले हेल्प डेस्क संचालन गरेको कुरा हेल्प डेस्कमा बसेका  स्वास्थ्यकर्मी गणेश सिंहले जानकारी दिनुभयो   |

 स्वास्थ्य शाखाले यसको प्रकोपबाट बच्न यस पालिकाका प्रत्येक वडा तथा बस्तिहरुमा जनचेतनामुलक माईकिंग प्रचार-प्रशारका साथै  पोस्टर,पम्पलेट हरु मार्फत प्रचार-प्रशार तिब्र बनाउदै आईरहेको छ | स्वास्थ्य शाखाले नियमित रुपमा लकडाउन नसकिए सम्म  बारेकोट गाउँपालिकाको भवनमा दैनिक रुपमा स्वास्थ्य शाखाका कर्मचारी खटाई कोरोना भाईरस (कोभिड-१९ ) को थर्मल गन मार्फत चेक,गराईरहने कुरा पनि जानकारी दिनु भयो  | यस्तो अवस्थामा १०४ डिग्री भन्दा बढी जरो आउनुका साथै यस सम्बन्धि अन्य लक्ष्यण देखिएमा तुरुन्त त्यस्तो यक्तिलाई क्वारेन्टाइन मा राखी  कोभिड 19 को  स्वाब परिक्षणका लागि माथिल्लो निकाएलाई अनुरोध गर्न बाहेक यस समबन्धि अन्य कुरा गर्न  नसकिने कुरा स्वास्थ्य शाखा संयोजक बिरराज सिंह ले जानकारी दिनु भयो |

प्रकाशित मितिः  ३ बैशाख २०७७, बुधबार ०८:३३  |