बारेकोटमा र्यापिड टेस्ट  गरिएका १३ जना महिला र ४२ जना पुरुषको रिपोर्ट नेगेटिभ


Image may contain: one or more people and people sitting

कालीबहादुर बुढा  , वारेकोट । वारेकोट गाउँपालिकामा भारत तथा अन्य तेस्रो मुलुक बाट आयका कोरोनाको आशंका गरिएका ५५ जनाको रिर्पोट नेभेटिभ देखिएको छ ।

२०७६ बैशाख ४ गते ,बिहिबार जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटको आयोजनामा गाउँपालिकाको केन्द्र  लिम्सामा गरिएको र्यापिड  टेष्टमा सबै जनाको रिर्पाेट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका निमित्त प्रमुख टिकाराम जैसीले  जानकारी दिनुभयो | र्यापिड टेस्ट  गरिएकाहरु मध्ये १३ जना महिला र ४२ जना पुरुष गरि जम्मा ५५ जनाको  टेस्ट गरिएको  थियो  ।

कर्णाली प्रदेश सरकारको सहयोग र जाजरकोटका सात वटै स्थानिय तहको समन्वयमा स्वास्थ्य सेवा कार्यालय जाजरकोटले र्या्पिड टेष्ट किड मार्फत कोरोनाको संक्रमण भए नभएको पत्ता लगाउँदै आएको छ ।

र्या्पिड टेष्टमा कोरोना भाईरस ( कोभिड -१९)  पोजिटिभ देखिएको खण्डमा थप परिक्षणका लागी सुर्खेत स्थित प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा परिक्षण गरिने भयको छ ।

 
facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
email sharing button
pinterest sharing button
sharethis sharing button
प्रकाशित मितिः  ४ बैशाख २०७७, बिहीबार ०९:१३  |