‘सानो मन’ मा आयुष्मान र शिल्पाको जोडी


प्रेसमिटमा आयुष्मानले भने, ‘मेरो क्यारेक्टरको नाम निर्वाण हो । फिल्मको स्टोरी नर्मल छ । मिठो छ । छोटो छ र राम्रो छ ।’ अभिनेत्री शिल्पाले भने स्क्रिप्ट मन परेका कारण फिल्म छाड्न नसकेको बताइन् । उनी यस फिल्ममा सानियाको भूमिकामा देखिनेछिन् । यसअघि शिल्पाले ‘कागजपत्र’ र ‘द ब्रेकअप’ मा काम गरिसकेकी छिन् । आयुष्मानले ’सानो मन’ फिल्म आफूले धेरै अगाडि साइन गरेको बताए । शिल्पाले पनि दुई वर्ष अगाडि आफू लण्डनमा हुँदा फिल्मको स्क्रिप्ट सुनिसकेको बताइन् ।

काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने फिल्मका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । फिल्म ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरको तल बन्नेछ । गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ । ‘सानो मन’ को छायाँकन माघ ७ गतेबाट छायांकन सुरु हुँदैछ ।

समिर सुनवार र निर्देशक गुरुङको लेखनमा सानो मन बन्न लागेको हो । आलोक शुक्लाले खिच्ने फिल्ममा साजन सिंहको कोरियोग्राफी रहनेछ । कोरियोग्राफर सिंह बलिउड सुपरस्टार सलमान खानका ’पर्सनल ट्रेनर’ हुन् । फिल्ममा सुयोग सोताङको संगीत रहनेछ ।

प्रकाशित मितिः  ३ माघ २०७५, बिहीबार ०७:२९  |