BREAKING NEWS : जाजरकोटमा एक प्रहरी अधिकृत सहित ३ जनामा कोरोना पोजेटिभ ,मन्त्रालयले पुष्टि गर्न बाँकी ।


युथ आवाज सम्बाददाता|

  जाजरकोटमा चार जनामा कोरोना भाइरस पोजेटीभ देखिएको छ ।  जिल्लाको बारेकोट गाँउपालिका वडा नं. १ का ३३ वर्षिया ,६ वर्षिया , १४ वर्षिया र ५२ वर्षिया गरि ४ जनामा कोरोना पोजेटिभ देखिएको  सुर्खेत स्थिीत ल्यावमा पुग्नु भएका भेरी नगरपालिका स्वास्थ्य शाखाका यज्ञ गौतमले जानकारी दिनु भयो ।
बारेकोटको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी इन्सपेक्टर सहित वडा नं. १ का तिन  जनामा कोरोना भाइरस पोजेटिभ देखिए पछी वारेकोटमा संक्रमीतको संख्या वढ्ने अनुमान गरिएको छ यो संगै पालिकाका स्तरका नेता र प्रहरी चौकीका सवै स्टाफ कोरेन्टिनमा वस्नु पर्ने अवस्था आएको जनाइएकोछ ।

यो खबर आय संगै बारेकोट बासिहरु चिन्तितबनेकाछन् |

अहिले केहि वेर पछि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले कर्णालीमा कोरोनाको अवस्था पुष्टि गर्ने छ जिल्ला स्तरमा पनि यस वारे पुष्टि गर्ने तयारी भैरहेको छ  । एक जना जिल्ला वाहिरका राष्टसेबक कर्मचारी (ईलाका प्रहरी प्रमुख समेत ) भएकोले यस वारे कन्ट्याक ट्रेसिगं के कसरी गर्ने आदि विषयमा प्रमुख जिल्ला अधिकारी  , र प्रहरी नायव उपरिक्षक र स्थानीय पालिका विच समन्वय भैरहेको जनाइएको छ ।
यो खवर आए संगै जाजरकोटको वारेकोट गाउपालिका कोरोना संक्रमण देखिने पहिलो पालिका बनेको छ ।  पोजेटिभहरुलाई आइसोलेशन वार्डमा राख्ने गरि जिल्ला र स्थानीय तह स्तरमा छलफल समेत अगाडी वढेको स्वास्थ्य सेवा कार्यालय जाजरकोट स्रोतले जनाएको छ । यो संगै कर्णालीमा आज दिउसो सम्म पुष्टि भएकाको रिपोर्ट  वारे अलिहे केहिवेर पछी सामाजिक विकास मन्त्रालयले विज्ञप्ती मार्फत जानकारी गराउदैछ ।

प्रकाशित मितिः  २४ जेष्ठ २०७७, शनिबार ०९:४७  |