समन्वय कसले गर्ने ? किन कसैको ध्यान छैन बारेकोटी जनता प्रति ?


कालीबहादुर बुढा जाजरकोट – जिल्लाको बारेकोट गाउँपालिका अहिले कोरोनाको इपिसेन्टर बन्दैछ । निरन्तर गरियको  RDT परिक्षणमा कोरोना संक्रमितको संख्या बढ्दै गईरहेको छ  २०७६/जेष्ठ २७ गते २ जनामा र  २८ गते ३ जना  गरि थप ५  जनामा कोरोना संक्रमण देखियको छ |२८ गते संक्रमण देखिनेमा  प्रहरी चौकी नायकबाड़ा ,रामीडाँडाका सुरक्ष्याकर्मी २८,२६,बर्षका र बारेकोट गाउँपालिका वार्ड नं.१ धौलाकोटकी १४  बर्षकी बालिकामा कोरोना संक्रमण देखियको हो | उनीहरुको तत्काल PCR परीक्षण गराउने  र तेतिन्जेल  सम्म उनीहरुलाई अरुको सम्पर्कमा नरही होम क्वारेन्टाईनमा बस्न भनि भरपाई गरि पठाईएको छ  |

                                       चासो देखिएन बारेकोटी जनताप्रति कसैको |

यस्तो बिकराल अवस्था शिर्जना हुदासम्म प्रदेश सरकार,स्वास्थ्य मन्त्रालय ,राजनीतिक दल कसैले पनि यस तर्फ चासो देखाएका छैनन | जहाँ संक्रमण उच्च अथार्त बढ्दो क्रममा छ तेही बेवास्ता किन ? यो  त रास्ट्रिय समस्या पनि हो केन्द्रको ध्यान खोई ? स्थानीय सरकारको समन्वय र पुर्ब तयारी खोई ? हिजो भाषणमा मात्रै चर्को नारा दिने,बिकास र सम्रिद्दीको कुरा गर्ने, जनताको प्रत्येक समस्या सामधानमा  हामि छौ भन्ने जनप्रतिनिधि ,प्रदेश संसद ,संसद, नेताहरु अहिले कहाँ हुनुहुन्छ ? हिजो चुनाबी अभियानमा यिनै जनता तपाइको साथमा थिए ,आज यिनै जनतालाई  समस्या पर्दा  मौन किन ? खालि स्थानीय सरकारको मात्र भर किन ? यो स्थानीय सरकार यस प्रदेश भित्रको होईन ? यो प्रदेश केन्द्र मातहातको होईन ? तेसैले रास्ट्रीय समस्या पर्दा स्थानीय सरकारले प्रदेश संगको समन्वय ,प्रदेश सरकारले  केन्द्र संगको समन्वय गर्नु जरुरि छ | तेसैले सबैको ध्यान तत्काल यतातिर जाओस |

गाउँपालिका भित्रका नागरिकलाई झन् कोरोना भाईरस गाउँपालिका भित्र प्रवेश गरिसक्यो मरिन्छ की , बाँचिन्छ  भन्ने चिन्ताको विषय बनीसकेको छ । एक त भौगोलिक विकटताको सुचीमा परेको बारेकोट, त्यसैमा पनि उपचार नै छैन भने कसरी बाँच्ने स्थानीय बासिन्दा  गुनासो गर्छन  । उनिहरुलाई लागेको थियो, यहाँ कोरोना भाईरस लागेका नागरिकलाई कुनै खालको उपचार गर्ने ठाउँ नभएपनि, सुविधा सम्पन्न अस्पतालमा त लग्छ होला , तर उनिहारुले  सोचेको जस्तो नै छैन, बारेकोट गाउँपालिका १ का कोरोना संक्रमितलाई राखिएको आइसोलोसन कक्ष देखेर उनीहरुको शरीर झस्किएर आउँछ ।अहिले संक्रमितको संख्या कमै छ यतिबेला नै सरकारले बिशेस योजना बनाउनु पर्छ,भोलि हजारौको संख्यामा भयमा के गर्ने ?

यस पालिका भित्र हिजो आज निरन्तर कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ | हिजो भन्दा आज,आज भन्दा भोलि र भोलि भन्दा पर्सि दिनहु जोखिम बढ्दै छ |स्थानीय सरकारले पनि राहत,उद्दार,भारत तथा आफ्ना देशका छिमेकी जिल्लाबाट आएका ब्यक्तिहरुको स्वास्थ्य परिक्षण गरिराखेकै छ तर आफ्नो पालिका भित्र कोरोनाको जोखिम बढ्दै गर्दा स्थानीय सरकारले पनि सबैतिर समन्वय गर्न तथा पुर्ब तयारी गर्न जरुरी देखिन्छ |साथै स्थानीय सरकार यस बारेमा थप सम्बेदनशील बन्न आवस्यक छ |यसमा थप जोड दिदै प्रहरी चौकी लिम्साका प्रहरी नायब निरीक्षक  `प्रमोदजङ्ग शाहा भन्न्नु हुन्छ ”पालिकाले  यस बारेमा पुर्ब तयारि नगरेकोले अहिले यस्तो समस्या उत्पन्न भयको हो|,तेस्तै स्वास्थ्य शाखा प्रमुख बिरराज सिंह पनि भन्नु हुन्छ,”मैले पहिले पनि भनेको थिए यो समस्या आउन सक्छ तेसैले अहिलेबाट सजग हुन जरुरी छ |

                               स्वास्थ्यकर्मी र सुरक्ष्याकर्मी नै जोखिममा |

गाउँपालिका भित्रका प्रत्येक सरकारी विद्यालयमा भारत तथा तेस्रो मुलुक बाट आएका नागरिकलाई कोचाकोच पारेर राखिएको छ । नत स्वास्थ्य चेकचाँज त नत कुनै सरकारी टोली गएर क्वारेन्टाईनमा बसेका नागरिककोे स्वास्थ्य नै कस्तो छ भनेर सोध्छन् यो त नागरिकको स्वास्थ्यमा खेलवाडा भएन र ? स्थानीय सरकारी  अस्पतालमा रहेका स्वास्थकर्मीलाई उचित सामग्रीको व्यवस्था नगर्दा जोखिम मोलेका छन् । साथै जनताकै सुरक्षाका लागि भनि खटिएका सुरक्ष्याकर्मी समेत  कोरोना संक्रमित बनेका छन् | कम्तिमा पनि स्वास्थ्यकर्मी र सुरक्ष्याकर्मिको लागी उचित सामग्रीको व्यवस्था गरिदिनु पर्ने |

                     

                                                           उपचारमै भेदभाब किन ?

 कोरोना सक्रमित भएका प्रहरी निरीक्षकलाई गाउँपालिका बाहिरको सुविधा सम्पन्न अस्पतालको आइसोलोसन कक्षमा उपचारका लागि पठाईयो ।तर गरिव दलित र पिछडिएका परिवारका नागरिकलाई असुरक्षित निजी विद्यालयमा राखियो । निजी विद्यालयको आइसोलोसन कक्षमा राखिएका नागरिकलाई प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले वेला वेलामा चेकजाँच गर्छन । उनीहरु फर्कदा नै हामी पनि सुरक्षित छैनौ र उनीहरुमा पनि जटिलता आयो भने के गर्ने  भन्ने चिन्ताको विषय भएको एकजना स्वास्थ्यकर्मीले भने ।

                                                                       अध्यक्ष्य शाहको भनाई र अबको तयारी |

गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले सामाजिक सञ्जाल फेसवुकमा लेख्नु भयको छ , ४ जना संक्रमित भेटिएपछि २४५ जनालाई कन्ट्याक टेङसिङ गर्दा जम्मा ५ जनाको आर।डि।टी। पोजिटिभ भेटिएको छ । उहाँहरु सबैलाई हामी संग उपलब्ध साधन स्रोत र जनशक्तिका आधारमा आइसोलोसनमा राखेका छौँ । सबै शारीरिक अवस्था समान्य छ । स्वास्थ्यकर्मीको निगरानीमा राखेका छौँ ।

भोली देखि वडा नं १ को निर्माण सम्पन्न भवनमा थप व्यवस्थित गरेर उच्च मनोवलका साथ आइसोलोसन गरेर सुरक्षित घर पठाउने वातावरण र व्यवस्थापन गछौँ साथीहरु साकरात्मक सल्लाह र सुझाव र सहयोगका लागि धन्यवाद । थप अपेक्षा गरेका छौँ । बारेकोटको समग्र स्वास्थ्य अवस्था नै कमजोर बनेको छ । सबै मिलेर कोरोना भाइरसलाई भगाउनु नै बारेकोटबासीका लागि सुखद पक्ष मानिने छ । जिम्मेवार निकायका गैरजिम्मेवारी काम नबनोस हाम्रो शुभकामना ।

 
facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
email sharing button
pinterest sharing button
sharethis sharing button
प्रकाशित मितिः  २९ जेष्ठ २०७७, बिहीबार ०६:१७  |