काली बहादुर बुढा ,जाजरकोट |
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं.४ मा २०७७/०३/२५ गते राति परेको अविरल बर्षाकाकारण पहीरोमा परि ७ जनाको जनाको ज्यान गएको छ,
पहिरोमा परेका ५२ बषिय गोपाल सार्की र उनका ११ बर्षका छोरा अर्जुन सार्कीको शब फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै कलु सार्की (दिदि) को घरमा पाहुना आएका कुशे ९ चौराँटाका २० बर्षिया डिल्ली सार्की, १८ बर्षका विरेन्द्र सार्की, १४ बर्षिय गौरी सार्की र १६ बर्षिय कविता सार्कीको शव फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिनुभयो । कलु सार्कीकी १४ बर्षिय तिर्खा सार्कीको शव फेला परेको छ । उक्त पहिरोमा परेका ५० बर्षिय पुष्षा सार्की, १३ बर्षिय लक्ष्मी सार्की,११ बर्षिय कमला सार्की, ६ बर्षिय सुभाष सार्की र कलु सार्की गरेर ५ जना अझै बेपत्ता अझै बेपत्ता छन् ।
त्यसैगरी बारेकोट गाउँपालिका–६ धुमाका शुक्रबार बिहान आएको बाढीमा परेर २० बर्षिय शान्तबहादुर चलाउने र १० बर्षिय प्रचण्ड चलाउने बेपत्ता छन् । रामचन्द्र चलाउने र विज्ञान बोहरालाई स्थानियले बाढीबाट उद्धार गरेका छन् । रामचन्द्र गंभिर घाइते छन् । माथिबाट आएको पहिरोले भत्काएरको घरको भित्ताले चेपिएर गोठगाउँका लालबहादुर नेपाली गम्भिर घाईते भएका छन् ।
घटना स्थल तर्फ प्रहरी प्रशासन,स्थानीय निकाय गइ उद्दार र खोजि कार्य गरिरहेको छ |अहिले सम्म निरन्त अविरल बर्षा भै राखेकोले उद्दार कार्यमा समस्या भएको ४ नं.वडाका वडा सचिब डम्बर बहादुर पुनले “युथ आवाजलाई” जानकारी दिनुभयो|
यस घटनाको उद्दारका लागि केन्द्र र प्रदेशमा तयारी अवस्थामा रहेका हेलिकप्टर समेत प्रतिकुल मौसमका कारण उडानमा समस्या भयको उद्दार श्रोतले जनायको छ |
यो लगायत अन्य बस्तिहरुमा समेत पहिरो गई बाटो घाटो, पुल भात्कियर एक टोलबाट अर्को टोलमा जान समेत समस्या भयको छ |बारेकोटमा यो मात्रै नभई अन्य थुप्रै ठाउमा बाढी पहिरोले क्षति पुर्याएको अनुमान गरियको छ,संचार बिहिन, घाम लागे पछी मात्र network आउने जस्ता समस्याले घटनाको एकिन बिवरण पाउन नसकेको कुरा बारेकोट गाउँपालिकाका रोजगार संयोजक खगेन्द्र बोहराले बताउनु भयो |