निश्चलले किन सेयर गरेनन् स्वस्तिमाको गीत ?


निर्देशक निश्चल बस्नेत सामाजिक सञ्जाल फेसबुकमा हिट छन् । उनले लेख्ने स्टाटस र सेयर गरेका साम्राज्ञीले निकै लाइक र प्रतिक्रिया पाउने गर्दछन् । एक लाख बढी फलोअर्स भएका फेसबुकमा निश्चल पनि सक्रिय नै छन् ।

पछिल्लो पटक निश्चलले आफ्नो फेसबुकमा फिल्म ‘चक्कर’को लिरिकल भिडियो सेयर गरेका थिए । त्यसपछि विश्वकपको स्टाटस र आफ्नो सेल्फी सेयर गरेका छन् । यो बिचमा पत्नी स्वस्तिमा खड्कको ‘जय भोले’ को गीत सार्वजनिक भयो । तर निश्चलले स्वस्तिमा नाचेको गीत आफ्नो फेसबुक वालमा सेयर गरेका छैनन, किन त ?

अन्य फिल्मका गीत सेयर गर्ने निश्चलले स्वस्तिमाको गीत चाहिं किन सेयर गरेनन् ? के स्वस्तिमा नाचेको गीत निश्चललाई मन परेन ? या उनले श्रीमतीको गीत आफ्नो वालमा सेयर गर्न आवश्यक ठानेनन् ?  निश्चलले स्वस्तिमाको गीत सेयर नगर्दा यतिबेला फिल्मी सर्कलमा भने विभिन्न प्रश्न सृजना भएका छन् । आखिर स्वस्तिमा नाचेको गीत निश्चलले किन सेयर गरेनन् ?

प्रकाशित मितिः  ३ माघ २०७५, बिहीबार ०७:३२  |