कालीबहादुर बुढा ,बारेकोट -जाजरकोट ,
जाजरकोट जिल्लाको अति दुर्गम मानिएको बारेकोट गाउँपालिका वडा नं, १मा प्राबिधिक शिक्षालय स्वीकृत भयको छ ,सामुदायिक बिद्द्यालयमा प्राबिधिक शिक्षा महाशाखा सानोठिमी,भक्तपुरको कार्यक्रम अनुसार कालिका आदर्श मा.बि मा प्राबिधिक एस.एल.सी. तहको (१८ महिने ) सिभिल इन्जिनियरिङ्ग बिषय पढाई हुने भयको छ,उक्त कार्यक्रम प्राबिधिक शिक्षाको पहुच नपुगेका स्थानीय तहमा प्राबिधिक शिक्षा संचालन गर्ने,प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुरको कार्यक्रम अन्तर्ग आबेदन पेश गरी स्वीकृत भयको कुरा कालिका आदर्श मा.बि.रामिड़ाडाका प्र.अ.प्रीथिराज ज्योतिले जानकारी दिनुभयो | एक स्थानीय तहमा एक प्राबिधिक शिक्षालयको नीति अनुरुप यस गाउँपालिकाबाट बारेकोट गाउँपालिका वडानं.१ को कालिका आदर्श मा.बि.ले कार्यक्रम स्वीकृत पायको हो |
अब बारेकोटमै प्राबिधिक शिक्षा पढ्न चाहने बिद्द्यार्थीहरुले कम शुल्कमै प्राबिधिक एस.एल.सी. तहको (१८ महिने ) सिभिल इन्जिनियरिङ्ग बिषय पढ्न पाउने कुरा पनी प्र.अ ज्योतिले बताउनु भयो ,प्राबिधिक शिक्षा संचालनको लागी आवस्यक पर्ने भौतिक पूर्वाधारहरु समेत राम्रो रहेकोले कुनै किसीमको समस्या नहुने कुरामा समेत जोड दिनुभयो |
प्राक्टिकलका लागी आवश्यक पर्ने सम्पूर्ण सामानहरु समेत खरिद भईसकेको ,लकडाउनका कारण प्राबिधिक शिक्षालय संचालन गर्न कठिनाई भयको र लकडाउन खुले लगत्तै शुल्क समिति गठन गरी भर्ना शुल्क तथा मासिक र बार्षिक शुल्कको निर्धारण गरि प्रवेश परिक्षा लीई पढाई संचालन गरिने उहाले बताउनु भयो | हाम्रो जस्तो दुर्गम स्थानीय तहमा प्राबिधिक शिक्षा पढने अवसर पाउनु बारेकोटी जनताका लागी खुशिको कुरा हो |