बारेकोट गाउँपलिकाले अनियमितता गरेको भन्दै राष्ट्रिय युवा संघले निकाल्यो प्रेस बिज्ञप्ती |


 

जाजरकोट –जिल्लाको बारेकोट गाउँपालिका भित्र विभिन्न खालका अनियमितता भएको भन्दै राष्ट्रिय यूवा संघले आपत्ती जनाएको छ ।

शुक्रवार प्रेस विज्ञप्ती जारी गर्दै, राष्ट्रिय यूवा संघले गाउँपालिकाले एकपछि अर्काे अनियमितता गरेको प्रति आपत्ती जनाएको हो ।

विश्व समुदाय कोरोना भाइरस कोभिड १९ संग जुद्धिरहेको वेला प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यररत डाक्टर नवीन साहनीलाई २४ घण्टे अल्टिमेटम दिई निष्काषित गरेको, हालिसल्ला देखि लिम्सा सडक पास गरिदिन्छु भनेर ठेकेदार संग घुस माग्ने प्राविधिकलाई थमौटी गरेको, कोरोना संक्रमणको वेला क्वारेन्टिनमा नक्कली विल भरपाई  बनाई गाउँपालिका र आफु निकट स्वास्थ्यकर्मीको मिलेमतोमा व्यापक भष्टचार गरेको भन्दै राष्ट्रिय यूवा संघले आपत्ती जनाएको छ ।

उक्त विज्ञप्तीमा गाउँपालिका भित्र सरकारी नम्बर प्लेटलाई मेटेर निजीकरण गरेको, जनता आवास कार्यक्रम घरवार विहीनलाई नभई पार्टी प्रवेश गराई वितरण गरेको, दलित महिलाको स घरपरिवारलाई नेकपा बाट नेपाली काँग्रेसमा प्रवेश गरेपछि मात्र स्वास्थ्यमा नियक्ती दिन्छु भनेको, स्वास्थ्य सामान खरिद गर्दा कोटेशन नगरी आफु निकट स्वास्थ्यकर्मीलाई मनोमानी ढंगले खरिद गर्न दिएको, विभागीय कर्मचारीलाई विभाग परिवर्तन गरी आफु निकट स्टोरकिपरमा कमिसनको चलखेलमा परिचालन गरेको, गत असार २५ गते गएको पहिरो प्रभावितलाई कर्मचारीहरुले राहत

वितरणमा अनियमितता गरेको, अपागं परिचय पत्र वितरण गर्दा काँग्रेस पार्टी प्रवेश गराई परिचय पत्र वितरण गरेको, कर्मचारी नियूक्तिमा राजनितीक भेदभाव गरेको, जडीबुढी संकलन गर्दा ठेकेदार संग आर्थीक चहलखेल गरेको, गाउँपालिकाको सोलार खरिदमा कम्पनी संग मिलोमतो गरी कर्मचारी मार्फत भष्टचार गरेको, कृषिमा आएको गहुँ वितरणमा व्यापक अनियमितता गरिएको, कन्टन्जेन्सी

हायर गर्दा गाउँपालिकाको नेतृत्वले चर्काे कमिसनको बार्गेङिग गरी भष्टचार गरेको भनी राष्ट्रिय यूवा संघ बारेकोट शाखाले गाउँपालिकालाई आरोप लगाएको छ । गाउँपालिका भित्रका अनियमिततालाई पर्दाफाँस गर्न गाउँकमिटी संयोजक विनोद शाहीले जानकारी दिए । सम्बन्धीत निकायले छानविन गर्नूपर्ने कुरामा जोड गर्नुपर्ने इन्चार्ज सन्देश सिंहले जानकारी दिनुभयो  ।

विज्ञप्ती हेर्नुहाेस ।

No description available.

No description available.

प्रकाशित मितिः  १३ भाद्र २०७७, शनिबार ०७:३८  |