बिगत १० वर्ष देखि अलपत्र अवस्थामा रहेको जाजरकोट,पाँचकाटिया,बारेकोट जुम्ला सडक खण्डको बाधाअबरोध हट्यो,अब निरन्तर कामले गती लिने | |


कालीबहादुर बुढा -जाजरकोट,

बिगत १० वर्ष देखि अलपत्र अवस्थामा रहि निर्माण हुन नसकेको जाजरकोट,पाँचकाटिया ,फुलचाउली,कयाल्दापाखा ,बारेकोट हुदै जुम्ला जोड्ने सडक यहि असोज १२ गते देखि तिब्र गतीमा काम संचालन हुने भयको छ | पूर्वाधार बिकाश कार्यालय पश्चिम रुकुम चौरजाहारीबाट ठेक्का आव्हान भई पूर्वाधार बिकास कार्यालय जाजरकोटसंग केशब शाह कन्ट्रक्सन बाँकेले सम्झौता गरेको थियो | बिभिन्न राजनितिक दबाब,कुशे गा.पा.समाईलाका स्थानीय बासीहरु संगको बिबाद तथा पुन: फेरी नलगाड न.पा ६ गर्छिनाका स्थानीयबासिहरुको बिबादले हाल सम्म सडक निर्माणले गति लिन सकेको थियन | मिति २०७७/०६/०२ गते बिहान ८ बजे जिल्ला समन्वय सभाहलमा जाजरकोटका प्रदेश सभा सदस्य गणेश प्रशाद सिंह ज्युको संयोजकत्वमा बैठक बसी विभिन्न विवादित बिषयहरुमा छलफल गरिसकेपछी सो सडक निर्माणले बाटो पायको हो |

उक्त बैठकमा प्रदेश सभा सदस्य गणेशप्रशाद सिंह,प्रदेश सभा सदस्य कृष्ण शाह, जिल्ला समन्वय प्रमुख ,मन बहादुर रावल,बारेकोट गाउँपालिका अध्यक्ष्य महेन्द्र बहादुर शाह, पूर्वाधार बिकास कार्यलय प्रमुख बिर बहादुर रावल,सडक डिभिजन ,चौरजहारीका ईन्जिनियर सुरेश कुमार बश्याल र पूर्वाधार बिकास कार्यालय जाजरकोटका सब-ईन्जिनियर टकेन्द्र रोकायको उपस्थित थियो |अब सो सडक कुनै पनी किसिमको बाधा अबरोध बिनानै काम तिब्रगतीमा संचालन हुने भयको छ |यो सडक निकै ठुलो पर्यटकीय र आर्थिक सम्भावना बोकेको सडक हो,जो सडक जाजरकोट,कुशेको पांचकाटिया,बारेकोटको पर्यटकीय स्थलको रुपमा रहेको रामिड़ाडा, लिम्सा ,दहचौर हुदै जुम्ला पुग्ने सडक हो |

बैठकमा भयका निर्णयहरु :

अवरुद्ध अवस्थामा रहेको सडक निर्माण संचालनको लागी प्राबिधिक सामाजिक रुपमा अधिकतम संयम्ता अपनायर काम सुचारु गर्ने |

उक्त सडक खण्डको गाउँभन्दा माथिको जोखिम भू-भागको माटो ढुंगाको सुरक्षित व्यवस्थापन गर्नको लागी बारेकोट गा.पा.र नलगाड न.पा.ले पहीलो चरणमा १०/१० लाख बजेट व्यवस्थापन गर्ने |

सो सडक खण्डमा कामगर्ने सिलसिलामा निर्माण व्यवसायीले अधिकतम संयम्ता अपनायर काम गर्ने,काम गर्दै गर्दा घर ,गोठ ,बिद्द्यालय ,खानेपानी जस्ता संरचनाहरुमा क्षेती हुन गए जिल्ला समन्वय प्रमुख मुन बहादुर रावल,प्रदेश सभा सदस्य गणेशप्रशाद सिंह र कृष्ण शाह मार्फत प्रदेश सरकारले जिम्मा लियर व्यवस्थापन गर्ने देखि लियर अन्य बिबिध बिषयमा छलफल भयको थियो  |

प्रकाशित मितिः  ४ आश्विन २०७७, आईतवार ०७:०४  |