शैक्षिक सुधारका लागी १८ बुदे सयुक्त बिज्ञप्ति अध्यक्ष्य शाहलाई |


कालीप्रशाद थापा-बारेकोट ,जाजरकोट –

जिल्लाकै उत्तरी भेगमा अवस्थित बारेकोट गाउँपालिकाको शैक्षिक सुधारका निम्ति विश्वभरी फैलिएको कोभिड -१९ कोरोना भाईरसले मुलुक आक्रान्त भईरहेको बेला देशका सम्पूर्ण बिद्यालयहरु क्रमश खोलिरहेको कुराप्रति प्रसंसा गर्दै बिगत लामो समय चैत्र ११ गते देखि भएको लकडाउनको फलस्वरूप शैक्षिक गतिबिधि खस्किरहेको अवस्थामा बारेकोट गाउँपालिकाका अध्यक्ष्य महेन्द्र बहादुर शाहलाई अखिल क्रान्तिकारी (जिल्ला कमिटि स.सचिब)जीवन तिरुवा र अनेरा स्वबियु(जिल्ला कमिटि उपसाचिब ) प्रेम गिरिले  सयुक्त रुपमा १८ बुदे बिज्ञप्ति बुझाएका छन्

|

उक्त बिज्ञप्तिमा कक्षा १ देखि उच्च शिक्षा सम्म अध्यनरत बिपन्न बिद्यार्थीहरुका लागी निशुल्क पढाउने नीति तत्काल लागु गर्ने,(१०) पठन पाठन गर्ने क्रममा बिद्यार्थीहरुलाई स्वास्थ्य समस्या आएमा औषधि सहितको स्वास्थ्य कर्मी टोलि-टोलमा पुग्नु पर्ने, (१५) एकै शिक्षकले दोहोरो सेवा लिईरहेका  शिक्षकहरूलाई तत्काल आफ्नो पदीय जिम्मेवारी पुरा गर्न लगाउने र सो नमानेको खण्डमा तत्काल गाउँ शिक्षा शाखाले कारवाही गर्ने लगायत पाठ्यपुस्तक अपुग भईरहेको बिद्यालयमा तत्काल पाठ्यपुस्तकको  व्यवस्था गरिनुपर्ने मागहरु राखेका छन् | उक्त मागका सम्बन्धमा शिक्षा तथा युवा शाखाका प्रमुख संग बसेर तत्कालै छलफल गर्ने र सम्भाव्य मागहरुलाई सम्बोधन गरिने कुरा पालिका अध्यक्ष्य शाहले बताउनु भयो|

                      बिज्ञप्ति

प्रकाशित मितिः  १६ आश्विन २०७७, शुक्रबार ०५:३७  |