- कबिता- हाब्रे(रेडपाण्डा)-
हाम्रो सान हिमाल शैल शिरमा,हाँसेर बोलाउछ |
काँपी लुगलुग सत्य भित्र वनमा,नाचेर टोलाउछ ||
नौलो ताल गरेर घाँससित लौ,बाँचेर केलाउछ |
चुम्दै गन्ध सुघेर बाँससित लौ,हाब्रे नी खेलाउछ ||
बच्छन मादल बाँसुरी शिशिरले,उफ्रेरनै नाँच्दछ |
कस्तो जन्तु रहेछ भन्छ सजिलै,संसारनै हाँक्दछ ||
हाँगामानी बसेर खुल्दछ गला,सुरमा सुसेली गरी |
हाब्रेले बल बेग बुन्दछ कला,नेपाल देशै भरी ||
हाम्रो नाम सधै अहा जगतमा,जब्दैछ आफै पनी |
गर्दै प्यार कठै हिमाल शिरमा,नेपाल मेरै भनी ||
नौलो भाब सुनाई लोकधुनमा,संसारनै चुम्दछ |
लाखौ गन्ध छरी अहो पवनमा,हाब्रे सधै फुल्दछ ||
पापी दैत्य सिकार गर्न भनी लौ,आएछ फेरी पर |
हाब्रे रुन्छ हिमालमा बिरहले,बुझ्दैन कोहि तर ||
आफ्नो गौरब नास गर्दछ भने,कसले कठै भन्छर |
हाब्रे गुम्छ भनेर चित्त नदुखे,बन्दैन ठाडो शिर ||
डिल्ली थापा “चिन्तन”
बारेकोट गाउँपालिका-२, (हाल दाङ)
