बारेकोट गाउँँपालिकाको एक मात्र कृषि बिकाश बैंकको गतिविधि । ठेगाना कहिले सच्चिन्छ त आखिर ?


कालीप्रशाद थापा-बारेकोट ,जाजरकोट्-

जाजरकोट जिल्लाको उत्तरी भेगमा  अवस्थित बारेकोट गाउँपालिकाको एक मात्र कृषि बिकाश बैंकको स्थापना 2076 श्रावन 29 मा स्थापना भए एता बारेकोटी जनताहरुले बैंकिङ्ग सेवा,सुबिधा सहजरुपमा लिदै आईरहेका छन । यो बैंक स्थापना हुनु पूर्व यहाँका जनताहरु पैसा पठाउन तथा निकाशा गर्नको  कहिले नलगाड नरपालिकाको कालिमाटी त कहिले जाजरकोट सदरमुकाम धाउनुपर्ने बाध्यता झेल्न परेको थियो । तर आजभोली बैंक स्थापना भय पशचात शिक्षक, कर्मचारी ,सर्वसाधारणहरुलाई बैंकिङ्ग कारोबारो गर्नलाई निकै सहज भयको छ । यतिमात्र नभई बारेकोट गाउँपालिका भित्र वितरण हुने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ब्यक्तिहरुका लागी खाता खोली  बैंकिङ्ग प्रणाली मार्फत वितरण गर्नका लागी उक्त बैंक र बारेकोट गाउँपालिका बिच सम्झौता भई सकेको कुरा प्रबन्धक जोग बहादुर खडकाले “युथ आवाज अनलाईन खबरलाई”जानकारी दिनु भयो ।

बारेकोटी जनताहरुलाई एउटा अन्यौलताको कुरा ,बैंक स्थापना भय देखी बैंकिङ्ग कारोबारो लिम्साबाट सञ्चालन भै राखेको छ तर राजपत्रमा यसको ठेगाना बारेकोट गाउँपालिकाको “नायकवाडा” भनेर रहेको छ यो कहिले सच्चियर आउछ भन्ने प्रश्नको जवाफमा प्रबन्धक जोग बहादुर खड्का भन्नु हुन्छ ।”पहिले बैंक स्थापना हुदा यसको ठेगाना नायकवाडा भनेर गाको रहिछ ,अब यसलाई सच्याउनको लागी हामिले अनुरोध गरेका छौ अब चाडै सच्चियर आउछ।”

यती मात्र नभई बारेकोट क्षेत्रलाई निशाना गरेकोे नलगाड हाईड्रो पावरले दिने अधिकांश मुआब्जाको कारोबारो सेवा समेत यसै शाखाबाट सञ्चालन भै राखेको प्रबन्धक खड्काले बताउनु भयो ।

माथी ठेगानाको विषयमा सोधियको प्रश्न र अन्य यस बैंकले दिईरहेको सेवा सुबिधाहरुको बारेमा हामी तपाईहरुलाई यस बैंकका प्रबन्धक जोग बहादुर खड्का संग गरियको कुराकानी को भिडियो केही दिनमा सार्बजनिक गर्ने छौ ।

 

प्रकाशित मितिः  २७ आश्विन २०७७, मंगलवार १२:५८  |