जाजरकोटमा पुर्ब नेकपा माओबादी केन्द्र वडाअध्यक्ष्य पदका उम्मेद्वार एमालेमा प्रवेश |


जाजरकोट: जाजरकोट शिवालय गाउँपालिकाका नेकपा माओबादीका युवानेता एबम वडानं.४ का  वडाअध्यक्ष्य पदका पूर्व उम्मेद्वार टोप बहादुर बुढा आजदेखि नेकपा एमालेमा प्रवेश गर्नु  भयको छ |आफु यो भन्दा पहिला नेकपा माओबादी केन्द्रको लागी आफ्नो सम्पूर्ण तनमन लगाएर काम गरेपनी  आफ्नो लागी पार्टीले कुनै पनी किसिमको मूल्यांकन नगरेको गुनासो पोख्नु भयको छ,मिति २०७८/०५/०८ गते जाजरकोटका युवा नेताहरु संग भेटघाट गर्दै यो गुनासो पोख्नु भयको थियो |  माधब नेपाललाई होईन माधब नेपाल र नेकपा माओबादीका  पार्टी अध्यक्ष्य प्रचण्डले हामि सच्चा  कम्युनिष्ट  माथि  ठुलो घात गरेकोले आफु यो बाटोमा हिड्न बाध्य भयको युवानेता टोप  बहादुर बुढाको  भनाई छ | सुर्खेतको बिरेन्द्रनगरमा  जाजरकोट बारेकोटका राष्ट्रिय  युवा संघका जिल्ला कमिटि सदस्य तथा युवा नेता सन्देश सिंह,युवानेता महेश थापा  लगायतका  अन्य नेताहरु संगको  बसाईमा  अबको कम्युनिष्ट आन्दोलनलाई  सफल पार्ने  र राष्ट्रलाई समृद्धिको  बाटोमा लैजाने पार्टी एकमात्र नेकपा एमाले रहेको कुरा  बताउदै आफु नेकपा माओबादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेको उहाँको भनाई छ|अब समुहमा होइन नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रबाह एमालेमा एकताबद्ध हुन आजको आवश्यकता रहेको  कुरा समेत बुढाले प्रष्ट पार्नु भयो |युवा नेता  सन्देश सिंह  र महेश थापाले  कम्युनिष्ट आन्दोलन,देश र सर्बहारा जनताको लागी आफुहरु सधैब निश्वार्थ ढंगले लागी पर्ने र आफु भन्दा अग्रज नेताहरुले आफ्नो लागी हैन अब देश र जनताको लागी सोच्नु पर्ने बेला आयको कुरा  कुरा समेत  बताउनु भयो |युवा नेता टोप बहादुर बुढाले अबका दिनहरुमा सधैब निश्वार्थ  कम्युनिष्टको सिद्धान्तलाई आत्मसाथ गर्दै अगाडी बढ्ने कुरा समेत यस “युथ आवाज अनलाईन  खबरलाई जानकार दिनुभयो |

प्रकाशित मितिः  ८ भाद्र २०७८, मंगलवार १८:१५  |