कपिलवस्तुको शिवगढीमा शुक्रबार दिउँसो २ बजे सुरु भएको बैठमा महासचिव विप्लवले चुनाव उपयोग गरेर जानुपर्ने मतसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।अध्ययनका लागि राजनीतिक प्रतिवेदन वितरण गरिएको र भोलिसम्म अध्यन गरेर पुनः छलफल सुरु हुने एक केन्द्रीय सदस्यले जानकारी दिए। केन्द्रीय सदस्यहरूले प्रतिवेदन अध्ययन सुरु गरेका छन्।गत २६ फागुनमा सम्पन्न भएको सचिवालय बैठकमै महासचिव विप्लवले चुनाव उपयोगबारे प्रस्ताव गरेका थिए। उक्त प्रस्तावबारे नेकपाको उच्च तहमै समान मत छैन।पाँच सदस्यीय सचिवालय बैठकमा विप्लवको प्रस्तावको पक्षमा प्रवक्ता विश्वकर्मा मात्रै उभिएका थिए। बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’यसको विपक्षमा छन् । अर्का सचिवालय सदस्य सन्तोष बुढामगर भने तटस्थ छन् ।