जाजरकोट चैत्र ११-
अागामी बैशाख ३० गते हुन गैरहेको स्थानिय निर्वाचन लाई मध्यनजर गर्दै निर्वाचन लाई शान्तिपुर्ण , भयरहित र बिश्वासनीय तवरबाट सम्पन्न गर्नको लागी जिल्ला प्रशासन कार्यलय जाजरकोट ले जिल्ला मा रहेका इजाजत हात हतियार लाई नजिकैको प्रहरी इलका मार्फत चैत्र मसान्तसम्म निर्वाचन सम्पन्न भए पश्चात् फिर्ता पाउने गरी जिल्ला प्रहरी कार्यलयमा बुझाउन अनुरोध गरेको छ ।