जुम्लामा गठबन्धन नहुने


जुम्ला । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजबादी पार्टी बीच गठवन्धन नहुने भएको छ । तीन पार्टी बीच भागवन्डा नमिलेपछि जुम्लामा गठवन्धन नहुने भएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष विरबहादुर कुवँरका अनुसार प्रदेशकाे निर्णय समाजवादी पार्टीले अस्वीकार गरेपछि गठवन्धन टुटेको हो । काँग्रेसले पनि एक्लै चुनाव लड्ने भनेपछि गठवन्धन नहुने देखिएको उनले बताए । ‘मननोयन दर्ता गर्ने समय भईसक्यो । पार्टीहरु बीच एक आपसमा नमिने कुरा आएपनि अव तीन पार्टी एकला एक्लै चुनाव लड्ने भएका हुन् ।’उनले भने ।

नेकपा समाजवादी पार्टी अध्यक्ष तिर्थ बुढाले भने ‘गठवन्धनमा हाम्रो पार्टीलाई तिला र सिंजा गाउँपालिकामा अध्यक्ष लड्ने भनेपछि हामीले प्रदेशको निर्णय अस्वीकार गरेका हौँ ।’ गुठीचौर र हिमा गाउँपालिका मागेका तर गठबन्धनमा सहभागी अन्य दलले दिन नमानेपछि गठवन्धन नहुने भएको उनले जानकारी दिए ।

नेपाली काँग्रेस पार्टीका पुर्व जिल्ला सभापति दीपबहादुर शाहीले तीन पार्टीमा भागवन्डा नमिल्दा आजदेखि गठवन्धन टुटेको बताए ।

प्रकाशित मितिः  १२ बैशाख २०७९, सोमबार ००:२४  |