मतदातालाई भेट्ना गाउँ पुगे बारेकोटका अध्यक्ष गिरी


मोहन सिंह बारेकोट  । गाउँपालिका अध्यक्षमा बिजय भएपछि जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका अध्यक्ष वीर बहादुर गिरी मतदातालाई भेट्न गाउँ पुगेका छन । नेकपा (एमाले) जाजरकोटका पाटि सचिब समेत रहेका गाउँपालिका अध्यक्ष गिरी मतदातालाई भेटेर धन्यवाद दिन गाउँ पुगेका हुन ।
आफुलाई मतदान गर्ने बारेकोट गाउँपालिकाको ४ नम्बर वडाका , मैना , जिरी , गोठगाउँका मतदातालाई घरमै गएर गाउँपालिकाअध्यक्षले धन्यवाद दिनु भएको छ ।
चुनावमा भोट माग्न मात्र होइन बिजयी भैसकेपछी मतदातालाई धन्यवाद दिन र आवश्यक सल्लाह सुझाव लिन सबैको घरदैलोमा पुग्ने पालिकाअध्यक्ष गिरीको भनाई छ ।
बारेकोटको ९ वटै वडामा गएर अमुल्य मतदान गर्ने पालिकावासिलाई धन्यवाद दिन जाने कार्यक्रम तय गरेको उहाँको भनाई छ । आफू बिजयी भैसकेपछी सबैदललाई समान ढंगले सेवाप्रवाह गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो
घरदैलो कार्यक्रममा पालिकाअध्यक्ष संगै वाडा नं २ का वडा अध्यक्ष वीर बहादुर घर्ति लगायतको सहभागीता थियो ।


आफुले भोट हालेर जिताएको पालिकाअध्यक्ष आफुलाई भेट्न घरमै पुगेपछि मैनागाउँका युवा तथा शिक्षक नन्दलाल बस्नेतले खुसी ब्यक्त गरे ।
काङ्ग्रेस-माओवादीको गठबन्धनका साझा उम्मेदवार महेन्द्र बहादुर शाहलाई एकसय नौ मतले पराजित गरि एमालेका जिल्ला पाटि सचिब गीरी बिजयी हुनु भएको हो ।

 

प्रकाशित मितिः  ८ जेष्ठ २०७९, आईतवार ०३:४२  |