गठबन्धनले राम्रो रिजल्ट दिएन्, : सभापति सिंह


जाजरकोट । नेपाली काँग्रेस जाजरकोटका सभापति वेदराज सिंहले गठबन्धनले राम्रो रिजल्ट नदिएको बताएका छन् । सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै काँग्रेस एक्लैले धेरै स्थानीय तहका निर्वाचन जित्ने भएपनि गठबन्धनले हार व्यहोर्नु परेको बताएका हुन् । पार्टी भित्र र गठबन्धन बाट घात तथा अन्तरघात भएकाले आगामी दिनको गठबन्धनका विषयमा सोच्नुपर्ने वेला आएको समेत बताए ।

यस्तो छ सिंहले सामाजिक सञ्जाल फेसवुकमा लेखेको स्टाटस
जाजरकोट जिल्लाका सातवटै स्थानीय तहमा नेपाली कांग्रेसले एक्लै चुनाव जित्ने अवस्था हुँदाहुँदै गठबन्धनका नाममा नेपाली कांग्रेसले चुनाव जित्ने पक्का–पक्की आधार भएका कतिपय स्थानीय तहमा प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष र वडा अध्यक्ष÷वडा सदस्य हामीले छोडेर निर्वाचनमा सहभागी भयौँ, परिणाम –पार्टी भित्रबाट अनि गठबन्धन भित्रबाट ठुलो अन्तरघात र धोकाको शिकार बन्नुपर्यो । हिजो केन्द्रको निर्देशन अनुशासनपूर्वक पालना गर्नु हाम्रो कर्तव्य थियोे, आज प्राप्त शिक्षाले त्यसमा बाध्य बनाउने छैन । सिधा–सिधा धोका दिने अवस्थाबाट मुक्त भई घात–अन्तरघातका विरुद्ध निर्मम भई अगाडि बढ्ने प्रण गरौँ । जय नेपाल !

प्रकाशित मितिः  १६ जेष्ठ २०७९, सोमबार १२:२७  |