जाजरकोट जेठ १९-जिल्लाको बारेकोट गाउँपालिका तीन रुम्सिलमा तिन दर्जन बढी माअोबादी कार्यकर्ताले एमाले प्रवेश गरेका छन् । बिहीबार गरिएको पाटि प्रवेश तथा मतदाता भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्रमा करिब २७ बर्ष रहि यो पाटिले देश बिकास र राष्ट्रको निर्माण गर्ना नसक्ने भन्दै वडा कमिटी अध्यक्ष गाउँकमिटी सचिवालय सदस्य सुर बहादुर सिंह सहित ६० जना माओवादी कार्यकर्ताले एमाले रोजेका छन।
मतदाता भेटघाट तथा पाटि प्रेबेस कार्यक्रममा प्रमुख अथिति को भुमिका नेकपा एमाले जिल्ला कमिटी सचिब तथा नब निर्वाचित गाउँपालिका अध्यक्ष वीर बहादुर गिरीले गर्नु भएको थियो।
बिहीवार गरिएको पाटि प्रवेश तथा मतदाता भेटघाट कार्यक्रममा बिदेशी शक्ति केन्द्रको भरीया माओवाबादी पाटिले देश बर्बाद हुने भन्दै बारेकोट गाउँपालिका का तीन का तिन दर्जन बढिले नेकपा एमालेमा प्रबेश गरेको नेकपा एमाले जाजरकोटका जिल्ला पार्टी लेखा समिती सचिब तथा राष्ट्रिय युबा संघ जिल्ला कमिटी सदस्य सन्देश सिंहले जानकारी दिएका छन ।
कार्यक्रमका प्रमुख अथिति नेकपा एमाले जिल्ला कमिटी सचिब तथा बारेकोट गाउँपालिका नबनिर्बाचित गाउँपालिका अध्यक्ष वीर बहादुर गिरीले सम्पूर्ण नब प्रवेशीकालाई स्वागत गरेको सिंहले जनाए ।