दीपक मनाङ्गेको फिल्ममा शिशिर राणा निर्देशक


दीपक मनाङ्गे गुण्डा भनेर चिनिने राजीव गुरुङले फिल्म निर्माण गर्ने भएका छन् । दीपकले निर्माण गर्ने फिल्मलाई शिशिर राणाले निर्देशन गर्ने पक्का भएको छ । शिशिरले यसअघि तिमी सँग फिल्म निर्माण तथा निर्देशन गरेका छन् ।

दीपकले फिल्म निर्माण गर्ने खबर बुधबार मात्रै सार्वजनिक भएको हो । निर्माण पक्ष र निर्देशकबिच फिल्म बनाउने सम्झौता समेत भएको छ । रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापा रहनेछन् भने कार्यकारी निर्माताको रुपमा रघु परियार र किरण नेपाली छन् । यी दुई निर्माताले ‘बिरंगना’ र ‘डोली’ नामक फिल्म निर्माण गरिसकेका छन् ।

विवाहित दम्पत्तीको कथा भन्ने फिल्मका लागि कलाकार भने छनोट भएका छैनन् । फिल्ममा रहने एउटा गीत समेत रेकर्ड भैसकेको छ । फिल्मको छायाँकन चैत अन्तिमबाट सुरु हुने जानकारी छ । फिल्म निर्माणले युनिट छिट्टै प्रेसमिट गरेर सम्पूर्ण जानकारी दिने जनाइएको छ ।

प्रकाशित मितिः  ३ माघ २०७५, बिहीबार ०७:२४  |