घोरल चोरी सिकारमा सघाएको आरोपमा तीन महिनादेखि कुकुर थुनामा रहेको छ । चोरी सिकार आरोपमा नियन्त्रणमा लिइएका मालिक
धरौटीमा छुटे पनि सिकारी कुकुर डिभिजन वन कार्यालय मुगुमा तीन महिनादेखि थुनामा रहेको छ ।
मुगमकार्मारोङ गाउँपालिका–१, चितैगाउँका च्याम्पा तामाङ, निजका छोरा दावा छोर्देन, टासी र छिमेक तामाङलाई गत फागुन २२ गते घोरल चोरी सिकार आरोपमा नियन्त्रणमा लिइएको थियो । सो क्रममा उनीहरूका साथमा रहेको कुकुर पनि नियन्त्रणमा लिइएको बताइएको छ ।
जङ्गली जनावर चोरी सिकार आरोपमा मालिक र कुकुरविरुद्ध डिभिजन वन कार्यालय मुगुलेअदालतमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतको आदेशबाट च्याम्पा र दावा छोर्देन १२ जेठमा जनही ७० हजार रुपियाँ धरौटीमा रिहा भएका थिए । टासी र छिमेक तामाङ पनि साधारण तारेखमा छुटेका थिए ।
वन कार्यालयले चलाएको मुद्दामा चार जना प्रतिवादी भएको तर कुकुर प्रतिवादी नभएपछि अदालतले पनि त्यस विषयमा केही बोलेको छैन । अदालतले कुकुरको विषयमा केही नभनेपछि वन कार्याकार्यालयले उक्त कुकुरलाई थुनेर राखेको जिल्ला अदालतका सूचना अधिकारी विद्याराज बुढाले बताए ।