त्यसैगरी सुर्खेत–जाजरकोट सडक खण्डको गुर्भाकोट नगरपालिका–९ भालुखोला चौपारी डाँडा नजिक मालवाहक ट्रक पल्टिँदा ट्रकका चालक र सहचालकको मृत्यु भएको छ ।
दाङबाट जाजरकोटतर्फ जाँदै गरेको ट्रक सुर्खेतको गुर्भाकोटमा दुर्घटनामा परेको छ । गुर्भाकोट नगरपालिका–९ भालुखोला चौपारी डाँडा नजिक शनिबार बिहान पाँच बजेको समयमा ना ४ ख ९७ ६१ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार अनियन्त्रित भएर ट्रक ५० मिटर तल सालको रूखमा ठोक्किएको थियो । प्रहरीका अनुसार दाङ बोटेचौर सडक खण्डको मोडमा दाङबाट सरिया र सिमेन्ट लोडगरी जाजरकोटतर्फ जाँदै गरेको थियो ।
साथै उक्त ट्रक चालक र सह–चलाक ट्रक भित्र च्यापिएको र उद्धार कार्य भईरहेको प्रहरीको भनाइ रहेको छ । वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएक प्रहरी ले जनाएको छ।
प्रहरी चौकी बाङ्गेसिमल सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–४ मुलपानीचोक स्थित रत्न राजमार्गमा बाङ्गेसिमलबाट मुलपानीचोकतर्फ जाँदै गरेको लु ६५ प १८४४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
मृत्यु हुने पैदलयात्री हुम्लाको चंखेली गाउँपालिका–१ का २४ वर्षीय हरिबहादुर ऐडी रहेको प्रहरीले जनाएको छ । ठक्करपछि घाइते ऐडीलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो ।
प्रहरीका अनुसार ऐडीलाई शुक्रबार साँझ १०ः४५ बजेको समयमा डाक्टरले मृत घोषणा गरेका थिए । प्रहरीले मोटरसाइकल चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ का २४ वर्षीया हिक्मत मल्ललाई नियन्त्रणमा लिएको छ।