वारी गाउँको रानीबनको थुप्रै काष्ठजन्य चोरि निकासी भयछ, त्यसपछी गाउँका सबैजना जम्मा भयर जंगल अनुगमनमा निस्केछन, सोही क्रममा जंगलको वीच भागमा एउटा बिसाल अग्लो रुख भेटिएछ । सबैले सल्लाह गरेछन यो रुखको टुप्पोमा पुगेर हेर्न पाइयो भने कता फडानी भइरहेको छ, कता डढेलो लागेको छ, कता गाईबस्तु छाडा छाडेका छन सबै पत्ता लगाउन सकिन्छ तर रुख चढ्नेले सबै देखेको कुरा सबैलाई भन्न पर्छ । त्यसरी रुख चढ्ने व्यक्ति वारि गाउँको प्रधानबाट सम्मानित हुनेछ भनेछन । त्यसपछि रुख चढ्ने प्रतिस्पर्धा शुरु भएछ धेरैले कोशिस गरेछन सौंरी खेलेर अलि माथी जादै तल झर्दै गरेछन त्यसैको वीचमा एक जना ” सुबित” नामको व्यक्ति रुखको मध्ये भागमा पुग्न सफल भएछन, उनलाई त्यहाँ पुगेको देखेर भुइका मान्छेहरुले हल्ला खल्ला मच्चाएछन र भनेछन तिमि त्यो भन्दा माथि गयौ भने ढुंगाले हानेर खसालिदिन्छौ तुरुन्त भुइमा झर सँगै माथि जाउँला हामिलाई पनि माथि जाने तरिका सिकाउ! बल्लतल्ल रुखको मध्येभागमा पुगेको मान्छेले भनेछ म यँहा सम्म मेरो एक्लै कठिन मिहिनेतले मात्रै आइपुगेको छु, यहाँ बाट झर्दा खेरी फेरि म यहाँ सम्म पनि आइ नपुग्न सक्छु अब टुप्पोमा पुग्न थोरै र सजिलै छ । बरु मलाई लफत्तो बानेर डोरी फाल्नुस म त्यहि डोरी हालिदिन्छु त्यसैमा झुन्डेर एक एक गरि माथि आउनुस् । अँह हुँदै हुदैन बरु टुप्पोमा पुग्ने कोशिस मात्रै गरिस भने रुखको फेदै काटिदिन्छौं भनेर सबैजना तम्सिए। विचरा उ! भारि मन लिएर झर्यो एकछिन भुइमा बसेर थकाइ मारे सबै जनाले । फेरी उ लगायत सबैले कोसिस गरे अंगालो नपुग्ने फेद, न समात्न मिल्ने हांगाहरु कसैको केहि सिप चलेन । रात पनि परिसक्यो । यत्तिकैमा सबैजना गाउँ फर्के र बाटोमा गफिदै भने रुखको टुप्पोमा कोहिपनि चढ्न नसकेको ठिक भयो नि ! सुबित मात्रै चढेको भए ! तिमिहरु कोहि पनि रुख चढ्न नसक्ने पानिमरुवाहरु भनेर गाउँमा मुख देखाउनै लाज हुने थियो! धौ धौ जोगियौं ! तपाइँको बाँकी यात्रा कति सहज छ विचार गर्नुहोस् ! शुभ बिहानी !