पालो सिस्टमबाट वितरण गरिदै छ,चामल |


कालीबहादुर बुढा ,वारेकोट |

कोरोंना भाईरस (कोभिड १९ ) को प्रकोपका कारण बारेकोट गाउँपालिका वडा नं.५ मा रहेको नेपाल खाद्य संस्थान डिपो कार्यालय घाटमा  खाद्य अभाब हुन नदिन यस वारेकोट गाउँपालिकाले जिल्ला प्रशाशन कार्यालय र खाद्य संस्थान जाजरकोट संग आबस्यक परामर्स गर्ने भयको छ |

 खाद्य संस्थान घाटमा चामल बितरण गर्दा धेरै भिडभाड हुने र एकै परिवारका धेरै व्यक्ति आई चामल लिने भयकाले भिडभाड कम र चामल बितरणलाइ सहज बनाउन बारेकोट गाउँपालिकाले आइतबार देखि लागु हुने गरि वडाअध्यक्ष्य वा निजले तोकेको वडा सदस्यको हस्ताक्षरित सिफारिसका आधारमा कुनै घर र व्यक्ति नदोहरिने गरि  प्रत्येक वडाको पालो सिस्टम गरि चामल  बितरण गर्ने भयको छ  |

जसमा ,

वडा नं.१ को आइतबार ,२ र ३ को सोमबार ,४ को मंगलबार , ५ र ६ को बुधबार ,७ र ८ को बिहिबार र ९ को सुक्रबार गरि चामल बितरण गर्ने छ |खाद्य संस्थान डिपोमा कार्यरत कर्मचारीको स्वास्थ्य सुरक्ष्याका लागि एन-१९ मास्क२ थान पन्जा ५ थान उपलब्ध गराउनुको साथै विपद ब्यवास्थापन कोषबाट खर्च हुने गरि,संस्थानमा कार्यरत कम्तिमा २ जना कर्मचारीहरुलाई लकडाउन भयको मिति देखि लागु हुने गरि निजहरुले पाउने दैनिक पारिश्रमिकको ५० प्रतिशत पारिश्रमिक रकम प्रोत्साहान स्वरूप पाउनेछन |

प्रकाशित मितिः  ७ बैशाख २०७७, आईतवार १०:३३  |