ओलीलाई जसरी पनि हटाउने प्रचण्ड-माधव समूहको रणनीति


 

काठमाडौं : सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै समूह आआफ्नै रणनीतिमा केन्द्रित छन्। अदालतले मंगलबार १३ दिनभित्र संसद् बैठक बोलाउन आदेशसहितको फैसला गरेको छ।

पार्टी विभाजनपछि केही नेताहरुले पार्टी एकताको सम्भावना चलाइरहेका छन्। तर, दुवै पक्षका नेताहरु सत्ता समीकरणका लागि प्रतिपक्षी दल गुहार्दै हिँडिरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली समूह र विभाजित नेकपाको अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिपक्षी दल कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गरिरहेका छन्।

ओलीलाई हटाउने रणनीति

प्रधानमन्त्री ओलीले सहजै राजीनामा दिने अवस्था नदेखेपछि प्रचण्ड–माधव पक्ष ओलीलाई हटाउने रणनीति बनाइरहेको छ। ओलीलाई हटाउन कांग्रेसले सहकार्य गर्नेमा यो पक्ष विश्वस्त छ। यता, कांग्रेसले अनिर्णित बनिरहेको छ।

प्रकाशित मितिः  १३ फाल्गुन २०७७, बिहीबार ११:४८  |