अनेरास्ववियु जाजरकोट को दोस्रो बैठक सम्पन्न


मोहन सिंह जाजरकोट चेैत्र ५ -अनेरास्ववियु जाजरकोट को अाज शनिबार  दोस्रो बैठक बसेको छ। अनेरास्वबियु जाजरकोट ले गरेको यस दोस्रो बैठकमा पाटिका  केन्द्रीय कमिटी सदस्य तथा सह इन्चार्ज चन्द्र  प्रकाश घर्ति (सि पि  घर्ति ) को प्रमुख अतिथि  र अनेरास्ववियु जाजरकोट का अध्यक्ष  बिबश भारति को सभाअध्यक्ष अनेरास्वबियु केन्द्रीय  कमिटी सदस्य दिनेश गौतम को विशेष उपस्थित मा बैठक सम्पन्न भएको हो ।  यस कार्यक्रम प्रमुख अतिथि धर्तिले स्वागत मन्तब्य सँगै  विद्यार्थी समुदायको हकहित, अधिकार प्राप्त गर्ने तथा विद्यार्थीहरुको वौद्धिक, शारीरिक, नैतिक एवं आत्मविश्वासको उत्थान र विकासका लागि क्रियाशील हुने ।
हाम्रो देशको विद्यमान शिक्षा प्रणालीलाई खारेज गरी वैज्ञानिक, जनवादी र र्सवसुलभ शिक्षा प्राप्त गर्न तथा सबैले निशुल्क रुपमा शिक्षा प्राप्त गर्ने व्यवस्था गराउने ।
नेपाल र भारत वीच भएका सम्पर्ण अपमानजनक र असमान संन्धि सम्झौताहरु खारेज गर्ने, अनेकौ ठाउँमा भएको सीमा अतिक्रमणको विरोध गरी राष्ट्रिय स्वाधिनता र सामाजिक मुक्तिको आन्दोलनलाई अघि बढाउने, देशीय सामन्तवाद दलाल नोकरशाही पूँजीवाद, विस्तारवाद तथा साम्राज्यवाद विरोधी आन्दोलनमा साथ दिनुकासाथै नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवादको पक्षमा विद्यार्थी समुदायको तर्फाट जनमत सिर्जना गर्ने ।
संसारको जुनसुकै ठाउँमा भएका साम्राज्यवाद, विस्तारवाद, हैकमवाद, र शस्त्रीकरण विरोधी आन्दोलनको र्समर्थन गर्ने र विश्व शान्तिको पक्षमा जोड दिने बिधार्थिको ठुल ो भुुमिका रहने कार्यक्रम का प्रमुख अतिथि घर्तिले जानकारी दिनुभएको हो। यस अाजको बैठकमा अबेरास्वबियु जाजरकोट ले जिल्ला भित्र सञ्चालनमा अाएका अबैधानिक निजि बिधालय तत्काल कार्बाहि गर्ने तथा बिधालय मा कार्यरत धेेरै जसो शिक्षकले बिभित पाटिको नाम मा उम्मेदवार घोषणा गर्ने लगाएतका शेैक्षिक गतिविधि मा लापरबाही गरेर बिधार्थिको भबिष्यमा खेेलबार गरेको कारण उक्त गतिविधि नियन्त्रण गर्न जिल्ला प्रशाासन शिक्षा समन्वय प्रमुख जिल्ला अधिकारी तथा समन्वय इकाइ लाई ध्यानअाकर्षन गराइ स्थानीय निकाएलाइ ज्ञाापन पत्र बुझाउने समेत निर्णय गरेको छ।

प्रकाशित मितिः  ५ चैत्र २०७८, शनिबार १५:५३  |