प्रचण्ड रोल्पा जाँदै


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जनयुद्ध स्मृति टावरको उद्घाटन गर्न आज रोल्पा जाने भएका छन् ।

युद्ध पर्यटनलाई टेवा पुर्याउने गरी रोल्पा नगरपालिकाले निर्माण गरेको उक्त टावरको उद्घाटन गर्न उनी रोल्पा जान लागेका हुन् । सो टावरमा माओवादी १० वर्षे जनविद्रोहका क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहीदको नाम उल्लेख गरिएको छ ।

करिब ६ करोड रुपैयाँमा निर्माणकार्य पूरा गरिएको उक्त टावरको आज मध्याह्न अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

टावरको उद्घाटनलगत्तै प्रचण्डले माओवादी केन्द्रले लिबाङस्थित टुँडिखेलमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मितिः  १४ चैत्र २०७८, सोमबार ०३:३८  |