जाजरकोटमा दुई नाल भरुवा बन्दुक फेला


जाजरकोट,  ९ बैशाख ।
जाजरकोट कुशे गाउँपालिका–२ गम्थले र छेडागाड नगरपालिका–२ मजेरीबाट एक÷एक नाल भरुवा बन्दुक बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय अर्छानेबाट मतदान स्थल अनुगमनका लागि खटिएको प्रहरी टोलीले एक नाल भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला पारेको थियो ।
इलाका प्रहरी कार्यालय अर्छानी ईमानेमुला खोला नजिकै लुकाई राखेको अवस्थामा बन्दुक फेला पारिएको थियो । एक नाल भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय अर्छानेले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जनाइएको छ ।छेडागाड नगरपालिका–०२ मजेरी स्थित नजिकै रहेको जङ्गल भित्र रहेको ओडारमा लुकाई छिपाई राखेको अवस्थामा एक नाल साबुत भरुवा बन्दुक बरामद गरिएको छ । अस्थायी प्रहरी पोष्ट सुयाडाबाट गस्तीमा खटिएको प्रहरी टोलीले बेवारीसे अवस्थामा फेलापारी नियन्त्रणमा लिइएको जनाइएको छ ।

प्रकाशित मितिः  ९ बैशाख २०७९, शुक्रबार ०३:१६  |