कोरोनाको जोखिम न्यूनीकरण पुर्ब तयारिको लागि जेष्ठ नागरिक १०२२ र २३५ गर्भवती महिलाहरुको तथ्यांक संकलन |


           कालीबहादुर बुढा|
बारेकोट गाउँपालिकाको आधारभुत स्वास्थ्य तथा सरसफाई शाखा लिम्सा ले सामाजिक मन्त्रालय सुर्खेत को निर्देशन अनुसार बारेकोट गाउँपालिका  भित्र रहेका ९ वटै वडाका जेष्ठ नागरिक र गर्भवती महिलाहरुको तथ्यांक संकलन गरेको छ ।
” कोरोना भाईरस(कोभिड-19) संक्रमण पश्चात् जेष्ठ नागरिक र गर्भवती महिलाहरु बडि उच्च जोखिममा पर्ने
खतरा भयकोले उक्त जोखिम न्यूनीकरणको लागी पुर्ब सतर्कता अपनाउनको लागी आधारभुत स्वास्थ्य तथा सरसफाई शाखाले जेष्ठ नागरिक र गर्भवती महिलाको तथ्यांक संकलन गरेको हो ।
नेपालमा  कोरोना सङ्क्रमितको संख्या तिब्ररुपमा बढदो अवस्थामा छ ।हाल नेपालमा कोरोना संक्रमितको संख्या २४५ पुगेको छ ।
“कर्णाली प्रदेश सामाजिक बिकाश मन्त्रालयले कोरोना भाईरस(कोभिड-19)को जोखिम न्यूनीकरण planning को लागि तथ्यांक संकलन गरेको  कुरा आधारभुत स्वास्थ्य तथा सरसफाई शाखा लिम्साका संयोजक बिरराज सिंहले युथ” आवाजलाई जानकारी दिनु भयो ।

तथ्यांक संकलन गरिएका जेष्ठ नागरिकहरुमा बारेकोट गाउँपालिका,
वार्ड नं.१ मा १४७ , वार्ड नं.२ मा १२७ ,वार्ड नं.३मा १११ ,वार्ड नं ४ मा ७८ ,वार्ड नं.५ मा ९७  ,वार्ड नं.६ मा ६७ वार्ड नं.७ मा १४७ ,वार्ड नं.८ मा १७० र वार्ड नं.९ मा ७८ जना गरि जम्मा १०२२ जना जेष्ठ नागरिक रहेका छन, भने

गर्भवती महिलाहरु स्वास्थ्यचौकी रामिडाँडामा -२८ ,लिम्सामा- ६६ , नायकवाडामा -५६ र सेपुखोलामा-८५ गरि जम्मा २३५ जना रहेको कुरा स्वास्थ्य शाखा संयोजक बिरराज सिंहले जानकारी दिनुभयो

प्रकाशित मितिः  १ जेष्ठ २०७७, बिहीबार १०:३६  |