आर्थिक अवस्था कमजोर घरपरिवारलाइ नेपाल कमुनिस्ट पार्टी (नेकपा)का नेता सिंहको पहलमा राहत वितरण |


कालीबाहदुर बुढा ,वारेकोट |

कोरोना भाईरस (कोभिड-१९) को माहामरिले दैनिक  मजदुरी गर्ने र साझ बिहान छाक टार्न कठिनाई बेहोरिरहेका जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकाका वडा नं.  १ वडा नं. ५ वडा भित्रका गरिब,मजदुर नागरिकहरूलाई नेकपा प्रदेश कमिटी सद्स्य एबंम बारेकोट गाउँपालिका वार्ड नं. ५ निवासी डम्बर बहादुर सिंहको  संयोजनमा र स्थानिय सरकार संगको समन्वयमा खाद्यान्न लगायतका अन्य राहत सामाग्री बितरन गरियको छ। “यसै गरि दोश्रो चरणमा वडा नं.६ देखि वडा नं.९ सम्मका गरिब ,मजदुर घरपरिवारलाई पनी राहत खाद्यन्न सामग्री बितरन गर्ने योजना रहेको जनप्रीय नेता डम्बर बहादुर सिंहले” युथ आवाज लाई जानकारी दिनु भयको छ ।

उक्त राहत बितरन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष श्रीमती ओमा शाही,स्थानीय समाजसेवी गोरख बहादुर सिंह ,नरबहादुर गिरी(निसान),भक्त बहादुर बस्नेत र वडा नं.३ का वडाध्यक्ष्य मनबहादुर शाही लगायतको उपस्थिति रहेको थियो । उक्त राहत बितरणमा  उपस्थित भयका सम्पुर्ण नागरिकहरुको थर्मल गन मार्फत स्वास्थ्य परिक्षण समेत गरियको थियो ।

वारेकोट गाउँपालिका वडा नं.१ का युवा महेन्द्र बहादुर बुढा भन्छन,” यस्तै जनताको दुखमा साथ् दिने सफा र स्वस्छ मन भयका व्यक्तिहरु भएमा कोहि जनता भोग र रोगले मर्न पर्दैन ,दुई छाक टार्न धौ धौ भयका बारेकोटि जनताकालागि सहयोग गर्नु भयकोमा धेरै धन्यबाद |”

उच्च शिक्षा अध्यन गर्न र कर्म खोज्न बिदेशमा रहेका हाल आफुहरुनै लकडाउनमा रहदा रहदै पनी आफ्नो देशको कमजोर बर्ग र परिवारको लागि अस्ट्रेलियामा रहेर सहयोग गर्ने बिजय सापकोटा ,गणेश सिंह ,रमेश सिंह र काठमाडौंमा रहि यो कार्यक्रमको लागि समन्वय गर्ने प्रेम बहादुर सिंहहरुको उच्च कदर समेत गरिने स्थानिय समाजसेवी  तथा प्राध्यापक गोरख बहादुर सिंह बताउनु हुन्छ |

जाजरकोट जिल्लाको पूर्वोत्तरमा रहेको बारेकोट गाउँपालिका कर्णाली प्रदेशको जुम्ला जिल्लासँग सिमाना जोडिएको भौगोलिक हिसाबले अत्यन्तै बिकट र आर्थिक गतिबिधी न्यून भयको क्षेत्र हो ।जहाँ केही मानिसहरुको जीवन ६ महिना कालिपार र ६ महिना घर गर्दै गुजारा चलाई रहेका छन ।स्थानिय सरकारको गठन सँगै केही विकाशका गतिविधिहरु भयतापनी स्थानिय जनताको जीवन स्थरमा परिवर्तनको अनुभुती भने हुन सकेको छैन । आन्तरिक श्रोत  साधनको परिचालनमा कठिनाइ ,युवा जनशक्तिको पलायन,उत्पादित बस्तु बिक्री बितरनको लागी बजारको अभाव र निष्क्रिय जनशक्ति गाउँ केन्द्रित हुने अवस्थाले गर्दा  आर्थिक गतिविधि न्यून हुने गरेको छ ।

यतिबेला कोरोना भाईरस बाट बिश्व आक्रान्त भै रहेको छ ।यस्तो अवस्थामा दैनिक ज्याला मजदुरी गरि बिहान बेलुकाको  छाक टार्ने   गरिबहरुको जीवन झन दयनीय बनेको छ , यस्को प्रत्यक्ष असर एकल महिला ,जेष्ठनागरिक र बालबालिकाहरु पर्ने गरेको देखिन्छ ।
यस्तो अवस्थामा थोरै भयपनी स्थानिय सरकारको सारथि बन्ने र आर्थिक अवस्था न्यून भयका नागरिकहरुलाई दुखमा साहारा दिने गरेको र सदैब यस्तै सामाजिक कार्यमा निरन्तर जागरुक भयर लागिरहने बताउदै आफ्नो सम्पुर्ण ब्यक्तिगत जीवन नै समाजसेवाका लागि समर्पित गरिरहेको कुरा डम्बर बहादुर सिंहले बताउनु भयो ।

प्रकाशित मितिः  २ जेष्ठ २०७७, शुक्रबार ०९:४०  |