बारेकोट गाउँपालिकाले सबै एकल पुरुषलाई बिधुर भत्ता जेष्ठ नागरिकलाई निशुल्क उपचार गर्ने


बारेकोट। बारेकोट गाउँपालिकाले आफ्नो पालिका भित्रका सबै एकल पुरुषलाई बिधुर भत्ता र जेष्ठनागरिकलाई निशुल्क औषधि उपचार गर्ने निर्णय गरेको छ ।  कार्यपालिका बैठकले उक्त निर्णय गरेको पालिका अध्यक्ष वीर बहादुर गिरीले जानकारी दिए।

अहिले एकल महिलासँगै एकल पुरुषले पनि समस्या भोगिरहेका धेरै घटना सार्वजनिक भएका छन् । एकल पुरुषका समस्या बुझेर विदुर भत्ता उपलब्ध गराउन थालिएको उपाध्यक्ष निशान   गिरीले बताए । पालिका नयाँ जनप्रतिनिधिको पहिलो बैठकले बिधुर भत्ता, जेष्ठ नागरिकलाई निशुल्क उपचार ,अलग पशुघर निर्माण, नमुना बिधालय सञ्चालन, सिल्पाचौर होमस्टे सञ्चालन  गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले एम्बुलेन्स खरिद गरि  गर्ववती र सुत्केरीलाई निःशुल्क रूपमा यातायात सेवा उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

गाउँपालिकाको एम्बुलेन्स छिटै खरिद गरि सुत्केरी तथा गर्भवतीको लागि निःशुल्क रूपमा प्रयोग हुने भएको छ । आर्थिक अभावकै कारण धेरै महिलाले सुत्केरी हुन नसकेर समस्या भोगिरहेको र जेष्ठ नागरिक लाईपनि बिरामीले थलपर्न नदिने  भन्दै यस्तो निर्णय गरिएको अध्यक्ष गिरीले बताए ।

facebook sharing button
प्रकाशित मितिः  ११ असार २०७९, शनिबार १५:३५  |