प्रिया प्रकाश अभिनित ‘श्रीदेवी बंगलो’ विवादमा


श्रीदेवीका श्रीमान् बोनी कपूरले यस फिल्मका निर्देशक र अभिनेत्रीलाई कानुनी नोटिस पठाएका छन् । यस कुराको जानकारी ‘श्रीदेवी बंगलो’ फिल्मका निर्देशक प्रशान्त मम्बुलीले दिएका हुन् । भारतिय मिडियाअनुसार यस फिल्मका निर्देशकले बोनी कपूरसँग श्रीदेवीको नाम र मृत्युको दृश्य छायाँकन गर्न अनुमति लिएका छैनन् । यसकारण बोनीले कानुनी कारबाही गर्न नोटिस पठाएका हुन् । तर फिल्मका निर्देशकले आरोपलाई अस्वीकार गर्दै भने, ‘मैले बोनी जीलाई भनेको थिए श्रीदेवी साधारण नाम हो । यो अभिनेत्रीको जीवनमा आधारित फिल्म हो । त्यसैले हामी नोटिस विरुद्ध लड्छौं ।’

प्रियाको बुबाले कानुनी नोटिसको विषयमा कुनै पनि प्रतिक्रिया दिएका छैनन् । प्रियाको स्कूल ड्रेसमा आँखा झिम्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चर्चामा आएकी हुन् ।

प्रकाशित मितिः  ३ माघ २०७५, बिहीबार ०७:३१  |