जाजरकोट मा म्यादी प्रहरी दरखास्त फारम दिनेको संख्या दुई हजार नाघ्यो


मोहन सिंह जाजरकोट १२ चैत-आगाम ३० वैशाखमा हुने स्थानीय तहकाे निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेसँगै जाजरकोटमा फारम भर्नेहरूको संख्या २०५६ पुगेको छ । सहरबजार तथा ग्रामीण भेगबाट म्यादी प्रहरीमा युवाहरू भर्ना हुन आएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । म्यादी प्रहरीमा भर्ना हुन विद्यार्थीदेखि बेरोजगार तथा युवायुवती समेत अधिक मात्रामा छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार आइतबारदेखि सुरु भएको म्यादी भर्ना कार्यक्रम ११ चैत साँझ ५ बजेसम्म रहेको थियो । जिल्लमा मा म्यादि प्रहरी अाबेद दिनेहरुको सँख्या २०५६ (दुई हजार छपन्न) पुगेको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जानकारी दिएको छ। जस्मा ४२४ महिला र १६सय ३२ (१६३२)जना पुरुषले दरखास्त फारम दर्ता गरेका छन। जिल्ला प्रहरी कार्यलका जाजरकोट का अनुसार जिल्ल मा ७ सय ८४म्यादी प्रहरीकाे माग छ । प्रहरी प्रधान कार्यलयका अनुसार चैत्र ६ देखि ११ गते सम्मा दरखास्त फारम लिँदा देश भर २लाख ८० हजार ४९५ जनाले फारम भरेका छन ।जस्मा एक लाख म्यादी प्रहरीका लागि दरखास्त फारम खुलेको थियो।

प्रकाशित मितिः  १२ चैत्र २०७८, शनिबार ०५:२५  |